कात्तिक ३, ललितपुर । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ । 

राष्ट्रिय मानव"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, ललितपुर । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ । 

राष्ट्रिय मानव"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ख्रिस्टमसमा बिदा कटौती गरेकोमा ख्रिस्टियन महासङ्घको असहमति

३ कार्तिक २०७३, बुधबार ०६:३४

कात्तिक ३, ललितपुर । राष्ट्रिय ख्रिस्टियन महासङ्घले ख्रिस्टमसमा दिँदै आएको सार्वजनिक बिदा सरकारले कटौती गरेकोमा असहमति जाहेर गरेको छ । 

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मालाई महासङ्घले मंगलबार बुझाएको ध्यानाकर्षण पत्रमा बिदा कटौतीको कार्यप्रति असहमति जनाउँदै सार्वजनिक बिदाका लागि पहल गरिदिन माग गरिएको छ । 

महासङ्घका अध्यक्ष सिबी गहतराजले ख्रिस्टमसका दिन पहिले दिँदै आएको सार्वजनिक बिदालाई गृह मन्त्रालयले केही वर्षदेखि इसाई कर्मचारीका लागि सीमित गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ख्रिस्टियन समुदायको आस्था र अधिकारको सम्मान गरेर ख्रिस्टमसका दिन सार्वजनिक बिदाको निर्णय गर्न पनि हामी अनुरोध गर्छौ ।” 

समाधिस्थल उपलब्ध गराउन पनि गहतराजले माग गर्नुभयो । उहाँले भन्नुभयो, “मृत्यु संस्कार गर्नबाट समेत हामी वञ्चित हुनुपर्ने अवस्था छ ।” गत असारमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले परिपत्रमार्फत परियोजना सम्झौता वा पूर्वसहमति दिँदा धर्मप्रचारसम्बन्धी परियोजना अस्वीकृत गर्न निर्देशन दिएको थियो । यसले गर्दा धार्मिक आस्थामा ठेस पुगेको आयोगका अध्यक्षलाई बुझाइएको विज्ञप्तिमा भनिएको छ । 

आयोगका अध्यक्ष शर्माले दिइरहेको सार्वजनिक बिदा कटौती गर्न नहुने नै आयोगको दृष्टिकोण भएको बताउनुभयो । आयोग कार्यान्वयन गर्नेभन्दा पनि दबाब दिने निकाय भएकाले आफ्नो काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी दबाब दिन्छौँ महासङ्घले ऐन बनाउने समय भएकाले सांसदहरुलाई दबाब दिनुपर्छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का