कात्तिक ३, काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालय र भू तथा जलाधार संरक्षण विभागमा आकस्मिक भूक्षय नियन्त्रण र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि रु एक अर्ब २९ करोड"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ३, काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालय र भू तथा जलाधार संरक्षण विभागमा आकस्मिक भूक्षय नियन्त्रण र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि रु एक अर्ब २९ करोड"/>
१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूक्षय नियन्त्रण र पहिरो व्यवस्थापनका लागि रकम माग

३ कार्तिक २०७३, बुधबार ०६:५३

कात्तिक ३, काठमाडौँ । वन तथा भूसंरक्षण मन्त्रालय र भू तथा जलाधार संरक्षण विभागमा आकस्मिक भूक्षय नियन्त्रण र प्राकृतिक प्रकोप व्यवस्थापनका लागि रु एक अर्ब २९ करोड ७२ लाख बराबर रकम माग भएको छ । 

जेठ महिनादेखि असोज महिनासम्म परेको निरन्तर वर्षाका कारण देशभरका विभिन्न भागमा गएको बाढीपहिरो र भूक्षयका कारण विभिन्न जिल्लाका सांसद तथा जिल्ला कार्यालयले उक्त रकम माग गरेका हुन् । मन्त्रालयले हरेक वर्ष बाढीपहिरो र भूक्षय नियन्त्रण गर्न रु दुई अर्ब बराबर रकम छुट्याए पनि उक्त रकमले नपुग्ने भएपछि सो रकम माग गरिएको विभागका प्रवक्ता धिरेन्द्र प्रधानले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, “नेपालको मध्यपहाडी जिल्ला पर्वत, स्याङ्जा, लमजुङ, सिन्धुपाल्चोक, तनहुँ, खोटाङ, बझाङ, काभ्रेपलाञ्चोक, कास्की, काठमाडौँ लगायतका जिल्लाबाट बढी मात्रामा रकम माग भएको छ ।” विभागका अनुसार एक वर्षमा मात्र मन्त्रालय र विभागमा मात्र एक सय ८० वटा निवेदन परेका छन् । 

प्रधानले सानातिना बाढीपहिरो र भूक्षयका लागि जिल्लामा निवेदन आउने गरेपनि जिल्लामा गएको रकमले नभ्याउने ठूला बाढीपहिरो र भूक्षय नियन्त्रणका लागि मन्त्रालय र विभागमा उक्त परिमाणको निवेदन आएको बताउनुभयो । 

उहाँले सडक पाखो संरक्षण, तटबन्ध निर्माण, पोखरी संरक्षण, पहिरो नियन्त्रण, कटान नियन्त्रण, खोला किनारा संरक्षण, सिमसार संरक्षण, वृक्षारोपण लगायतका शीर्षकमा धेरै निवेदन दर्ता भएको बताउनुभयो । नेपालमा कमजोर भौगोलिक बनावट, धेरै वन अतिक्रमण र प्रारम्भिक वातावरणीय अध्ययन नगरी संरचना निर्माण गर्दा धेरै बाढीपहिरो र भूक्षय हुने गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का