१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउनुपर्छ : सभापति देउवा

३ कार्तिक २०७३, बुधबार ०८:११

कात्तिक ३, काठमाडौँ । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक क्रियाकलापमा महिला सहभागिता बढाउन सकिएमा मात्र महिलाको आर्थिक जीवनस्तर माथि उठ्ने धारणा व्यक्त गर्नुभएको छ । 

उहाँले भन्नुभयो “महिलाको आर्थिक र सामाजिक जीवनस्तर माथि उकास्न आर्थिक क्रियाकलापमा लाग्न उनीहरुलाई उत्प्रेरित गर्नुपर्छ, यसैबाट महिला सशक्तीकरण हुन्छ ।” 

“महिला, नेतृत्व र दक्षिण एसियामा अर्थतन्त्र” विषय आजदेखि सुरु भएको क्षेत्रीय सम्मेलनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री देउवाले गुणस्तरीय शिक्षाले मात्र महिलाको चौतर्फी विकासमा सहयोग पु¥याउँछ भन्नुभयो । 

दुईदिने सो सम्मेलनमा दक्षिण एसियाली क्षेत्रका नेपालसहित पाकिस्तान, अफगानिस्तान, भुटानका महिला नेत्रीको सहभागिता रहेको छ । 

सभापति देउवाले नेपालमा जारी भएको संविधान महिला अधिकारका क्षेत्रमा ऐतिहासिक रहेको चर्चा गर्नुभयो । 

परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले पाकिस्तान र भारतका कारण स्थगित दक्षिण एसियाली क्षेत्रीय सहयोग ९सार्क० को शिखर सम्मेलन आयोजना गर्न अध्यक्ष देशका रुपमा नेपालले पहल गरेको जानकारी दिनुभयो । 

उहाँले नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्व प्रदान गरिरहँदा विश्वमा नयाँ सन्देश गएको चर्चा गर्दै नीति निर्माण तहमा महिला सहभागिताले महिला सशक्तीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का