कात्तिक ६, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वर"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका नदीबाट १३ मेट्रिक टन फोहर व्यवस्थापन

२०७३, ६ कार्तिक शनिबार ०९:१२

कात्तिक ६, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघि र विश्वरुपा मन्दिर परिसरमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

वाग्मती सफाइ महाअभियानका नेतृत्वकर्ता लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डन, पूर्वसचिव किशोर थापा, पूर्वराजदूत महेश मास्के, जीवन विज्ञानका एलपी भानु शर्मा लगायत व्यक्तित्वको सफाइमा सक्रियता थियो । 

रुद्रमती सफाइको १३९ औँ हप्तामा आज रातोपुल–सेतोपुल–रुद्रनगर– रातोपुलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइमा वातावरण संरक्षण अभियान, महानगरपालिकाका ९ र ३३ नं वडा कार्यालयका कर्मचारी, नेपाल प्रहरी, वेलकेयर अस्पताल लगायत संस्थाको सहभागिता थियो । समाजले गौशाला– कमलपोखरी सडक फोहरमुक्त घोषणा गरी दैनिक अनुगमन गरिरहेको छ । 

तिहारपछि फोहरमुक्त सडक विस्तार गरी सफाइ कर्मचारीको पनि व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “तिहारपछि कालोपुल–सानोगौचरण– ज्ञानेश्वर सडकलाई पनि फोहरमुक्त घोषणा गरी सफा गर्न कम्तीमा दुई जना कर्मचारी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ”– गिरीले भन्नुभयो । 

विष्णुमती सफाइको १३१ औँ हप्तामा आज कालीमाटी तरकारी बजार र टेकुपुलस्थित धौखेल चौरमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो । कालीमाटी तरकारी बजारको सफाइमा वाग्मती सफाइको एक समूहले समेत सहयोग गरेको थियो । विगतका चार हप्ता वाग्मती सफाइ महाअभियानले सो तरकारी बजार सफाइ गर्दैआएको थियो । शनिबार साप्ताहिक सफाइपछि दुर्गन्धित तरकारी बजार सफा देखिएको छ । 

नख्खुखोला सफाइको ६३ औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ महतोमार्गमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालिलगायत संस्थाको सहभागिता थियो । 

यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकलबारी टोल सुधार समितिले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गतेदेखि निरन्तर रुपमा वाग्मती र यसका सहायक नदीको सफाइ हुँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन