कात्तिक ६, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक ६, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वर"/>

१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका नदीबाट १३ मेट्रिक टन फोहर व्यवस्थापन

६ कार्तिक २०७३, शनिबार ०९:१२

कात्तिक ६, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । 

वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघि र विश्वरुपा मन्दिर परिसरमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । 

वाग्मती सफाइ महाअभियानका नेतृत्वकर्ता लीलामणि पौडेल, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डन, पूर्वसचिव किशोर थापा, पूर्वराजदूत महेश मास्के, जीवन विज्ञानका एलपी भानु शर्मा लगायत व्यक्तित्वको सफाइमा सक्रियता थियो । 

रुद्रमती सफाइको १३९ औँ हप्तामा आज रातोपुल–सेतोपुल–रुद्रनगर– रातोपुलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले बताउनुभयो । सफाइमा वातावरण संरक्षण अभियान, महानगरपालिकाका ९ र ३३ नं वडा कार्यालयका कर्मचारी, नेपाल प्रहरी, वेलकेयर अस्पताल लगायत संस्थाको सहभागिता थियो । समाजले गौशाला– कमलपोखरी सडक फोहरमुक्त घोषणा गरी दैनिक अनुगमन गरिरहेको छ । 

तिहारपछि फोहरमुक्त सडक विस्तार गरी सफाइ कर्मचारीको पनि व्यवस्था गर्न लागिएको उहाँले जानकारी दिनुभयो । “तिहारपछि कालोपुल–सानोगौचरण– ज्ञानेश्वर सडकलाई पनि फोहरमुक्त घोषणा गरी सफा गर्न कम्तीमा दुई जना कर्मचारी राख्ने तयारी अन्तिम चरणमा पुगेको छ”– गिरीले भन्नुभयो । 

विष्णुमती सफाइको १३१ औँ हप्तामा आज कालीमाटी तरकारी बजार र टेकुपुलस्थित धौखेल चौरमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानकर्मी विजेन्द्र लामाले बताउनुभयो । कालीमाटी तरकारी बजारको सफाइमा वाग्मती सफाइको एक समूहले समेत सहयोग गरेको थियो । विगतका चार हप्ता वाग्मती सफाइ महाअभियानले सो तरकारी बजार सफाइ गर्दैआएको थियो । शनिबार साप्ताहिक सफाइपछि दुर्गन्धित तरकारी बजार सफा देखिएको छ । 

नख्खुखोला सफाइको ६३ औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ महतोमार्गमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेप्से म्याक प्रालिलगायत संस्थाको सहभागिता थियो । 

यसैगरी गुह्येश्वरीमाथिको वाग्मतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकलबारी टोल सुधार समितिले सफाइ गरेका छन् । विसं २०७० जेठ ४ गतेदेखि निरन्तर रुपमा वाग्मती र यसका सहायक नदीको सफाइ हुँदै आएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का