कात्तिक ६, काठमाडौँ । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । 

जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक ६, काठमाडौँ । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । 

जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्र"/>

२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वको पहिलो महिला सगरमाथा आरोही तावेईको निधन

२०७३, ६ कार्तिक शनिबार १२:०९


कात्तिक ६, काठमाडौँ । पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । 

जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । जापानी टेलिभिजन एनएचकेले पनि तावेईको निधन भएको खबर लेखेको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । 

जापानको फुकुसिमामा जन्मिएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बनेकी थिइन् । 

तावेईको तीन दिनअघि निधन भएको खबर जापानी माउन्टेनरिङ एसोसिएसन र अल्पाइन क्लबले जानकारी गराएको नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष आङ्छिरिङ शेर्पाले राससलाई जानकारी दिए । 

नेपाल र नेपालीलाई धेरै माया गर्ने, पर्वतीय पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नुभएकी तावेईको निधनले नेपालको पर्वतीय पर्यटनमा ठूलो क्षति पुगेको उनले जानकारी दिए । 

“आरोहणको क्षेत्रमा उहाँ (तावेई)ले धेरै राम्रो काम गर्नुभएको छ, वातावरण संरक्षण र पर्वतारोहणमा पनि उहाँको योगदान छ, नेपालले असल मित्र गुमाएको छ, यसले हामीलाई दुःखित तुल्याएको छ”– अध्यक्ष शेर्पाले भने । 

जुनको तावेई गत अप्रिल ३० मा काठमाडौँमा भएको मनास्लु र ल्होत्से हिमालको हीरक महोत्सवमा सहभागी हुन जापानी आरोहीको नेतृत्व गर्दै नेपाल आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन