२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

घाँटीमा बन्चरो प्रहार गरी श्रीमान्को हत्या

९ कार्तिक २०७३, मंगलवार ०७:०२

कात्तिक ९, कैलाली । आपसी घरायसी झैझगडा हुँदा श्रीमतीले श्रीमान्को घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेकी छिन् । 

कैलालीको घोडाघोडी नगरपालिका– ६ शीतलपुर बस्ने २५ वर्षकी लक्ष्मी विष्टले सोमबार आफ्ना श्रीमान् ३२ वर्षीय लालबहादुर विष्टको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

प्रहरीले श्रीमान् र श्रीमतीबीच घरायसी झै–झगडा हुँदै गर्दा बन्चरोको प्रहारबाट उक्त घट्ना भएको भनी अनुसन्धानमा खुलेको जनाएको छ । 

हत्या गरी भागेकी श्रीमतीलाई भने घोडाघोडी नगरपालिकाकै थुम्की भन्ने स्थानबाट पक्राउ गरी नियन्त्रणमा लिएको प्रहरी जनाएको छ । 

यसैगरी घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि एक महिला जीवन मरणमा परेकी छिन् 

कैलालीको अत्तरिया नगरपालिका– १० बाँसखेडाकी सुनिता चौधरीले घरमा बनाएको लोकल रक्सी खाने क्रममा झुक्किएर एसिड खाएपछि उपचारमा लापरबाहीका कारण उहाँको स्वास्थ्य जोखिममा परेको छ । 

चौधरीको एसिडले आन्द्रा पोलिसकेको अवस्थामा चिकित्सकले त्यसैमा इन्डोस्कोपी गर्दा झनै ठूलो घाउ भएपछि अवस्था चिन्ताजनक भएको उनका श्रीमान् हेमराज चौधरीले बताउनुभयो । 

उपचारका लागि सेती अञ्चल अस्पताल पुर्याएकी चौधरीलाई अस्पतालमा रहेको इन्डोस्कोपी मेसिन बिग्रिएको भन्दै सिटी पोलिक्लिनिकमा लगिएको थियो । 

सिटी पोलिक्लिनिकका डाक्टर मेराज आलम अन्सारीले इन्डोस्कोपी गरेलगतै उनको अवस्था झन चिन्ताजनक भएको परिवार जनले आरोप लगाएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव