२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टीकापुर घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ : गच्छदार

९ कार्तिक २०७३, मंगलवार ११:५०

कार्तिक ९, धनगढी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष गच्छदारले भन्नुभयो, “टीकापुर घटनाका नाममा राज्यले कयौँ निर्दोष थारूलाई फसाएको छ, घटनापछि कयौँ थारू विस्थापित भएका र कयौँको सम्पत्तिमा क्षति पुगेको छ” । 

सीमाङ्कनमा हेरफेर नगरी देशको समस्या समाधान हुन नसक्ने बताउँदै उहाँले आठ प्रदेश उपयुक्त विकल्प रहेको दाबी गर्नुभयो । पूर्वमा झापा, सुनसरी मोरङ र पश्चिममा कैलाली कञ्चनपुरका विषयमा नयाँखाले सहमति गरी अविलम्ब संवैधानिक प्रक्रिया अगाडि लैजानुपर्नेमा अध्यक्ष गच्छदारले जोड दिनुभयो । 

उहाँले ठूला दलले आफूसँग कुनै सरसल्लाह नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माथिको महाअभियोग लगाएकाले यसमा आफूले कुनै टिप्पणी नगर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव