२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टीकापुर घटनाको निष्पक्ष छानबिन गर्नुपर्छ : गच्छदार

२०७३, ९ कार्तिक मंगलवार ११:५०

कार्तिक ९, धनगढी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले टीकापुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलार्ई कारबाही गर्नुपर्ने बताउनुभएको छ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले घटनाको नाममा मुद्दा लगाएर फसाइएका कयौँ निर्दोषलाई रिहाइ गर्नुपर्नेमा जोड दिनुभयो । 

अध्यक्ष गच्छदारले भन्नुभयो, “टीकापुर घटनाका नाममा राज्यले कयौँ निर्दोष थारूलाई फसाएको छ, घटनापछि कयौँ थारू विस्थापित भएका र कयौँको सम्पत्तिमा क्षति पुगेको छ” । 

सीमाङ्कनमा हेरफेर नगरी देशको समस्या समाधान हुन नसक्ने बताउँदै उहाँले आठ प्रदेश उपयुक्त विकल्प रहेको दाबी गर्नुभयो । पूर्वमा झापा, सुनसरी मोरङ र पश्चिममा कैलाली कञ्चनपुरका विषयमा नयाँखाले सहमति गरी अविलम्ब संवैधानिक प्रक्रिया अगाडि लैजानुपर्नेमा अध्यक्ष गच्छदारले जोड दिनुभयो । 

उहाँले ठूला दलले आफूसँग कुनै सरसल्लाह नगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त माथिको महाअभियोग लगाएकाले यसमा आफूले कुनै टिप्पणी नगर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै