२०८२, २४ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारतीय राष्ट्रपतिको जनकपुर भ्रमणको तयारी अन्तिम चरणमा

२०७३, १७ कार्तिक बुधबार ०३:४६

कात्तिक १७, धनुषा । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको आसन्न जनकपुर भ्रमणको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । मुखर्जीको भ्रमणलाई मध्यनजर गरी जनकपुरलाई विशेष किसिमले सजाउने तथा सरसफाइको बन्दोबस्तमा रातदिन धमाधम काम अघि बढाइएको छ । 

आगामी कात्तिक १९ गते हुने भारतीय राष्ट्रपति मुखर्जीको यहाँ हुने भ्रमणलाई भव्य र सफल बनाउन जनकपुर उपमहानगरपालिका, स्थानीय प्रहरी प्रशासन तथा विभिन्न सङ्घसंस्था एकजुट भई लागेका छन् । राष्ट्रपति मुखर्जीको विश्वप्रसिद्ध जानकी मन्दिरमा पूजा दर्शन तथा स्थानीय तिरहुतिया गाछीमा नागरिक अभिनन्दन गरी कुल ५५ मिनेटको कार्यक्रम तय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले जनाउनुभएको छ । 

बिहान ११ बजे जनकपुर आइपुग्ने राष्ट्रपति मुखर्जीले पहिले जानकी मन्दिरमा २५ मिनेट पूजा दर्शनमा खर्चिने र त्यसपश्चात् तिरुहुतिया गाछीमा ३० मिनेट नागरिक अभिनन्दन कार्यक्रममा खर्चिने तय गरिएको प्रजिअ चापागाईंले जनाउनुभयो । अभिनन्दन गरिने तिरहुतिया गाछीमा मञ्चको व्यवस्थापन तथा स्थललाई सजाउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी चापागार्इंले सुरक्षा निकाय तथा नगरपालिका कर्मचारी अहोरात्र खटी तोकिएकै समयमा मञ्चको व्यवस्थापन गर्न सफल भएको बताउनुभयो । उहाँले अब केही सानातिना काम मात्र बाँकी रहेको र त्यो पनि चाँडै नै सकिने बताउनुभयो । 

स्थानीय प्रशासनले गर्नुपर्ने सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउँदै उहाँले भन्नुभयो–“भारतीय राष्ट्रपतिको सुरक्षाका लागि माथिबाटै टोली आउने भएकाले सुरक्षा रणनीतिअनुसार काम हुनेछ ।” 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरिक्षक लालमणि आचार्यले भारतीय राष्ट्रपति मुखर्जीको सुरक्षाका लागि स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन गरिने जसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार सुरक्षाकर्मी परिचालन हुने जनाउनुभयो । उहाँले भन्नुभयो–“स्थानीय स्तरबाट चार हजार सुरक्षाकर्मी परिचालन हुन्छ र यस बाहेक काठमाडाँैबाट थप सुरक्षाकर्मी युनिफर्म र सिभिल ड्रेसमा परिचालन हुनेछन् ।” 

यता भारतीय राष्ट्रपति भ्रमणलाई लिएर नेपाल भारतको सीमावर्ती क्षेत्रमा चेकजाँच तीव्र गरी सुरक्षा व्यवस्था कडा पारिएको छ । सीमावर्ती क्षेत्रको सुरक्षाका लागि भारतीय प्रहरीसँग समेत कुराकानी भएको प्रहरी प्रमुख आचार्यले बताउनुभयो । 

त्यसैगरी, तिरहुतिया गाछीमा हुने भारतीय राष्ट्रपति प्रणव मुखर्जीको अभिनन्दन कार्यक्रममा एक हजार पाँच सय व्यक्तिलाई प्रवेश दिने जनकपुर उपमहानगरपालिकाले जनाएको छ । तिरहुतिया गाछीमा प्रवेश गर्नका लागि दुईवटा प्रवेशद्वार निर्माण गरिएको छ । 

गेट नम्बर १ बाट भिआइपी र गेट नम्बर २ बाट सर्वसाधारणलाई प्रवेश गर्न दिने कार्यक्रम तय गरिएको जउमपाले जनाएको छ । जनकपुर उपमहानगरपालिकाका इन्जिनियर वीरेन्द्र यादवका अनुसार १ नम्बर गेटबाट सुरक्षाकर्मीको जिम्मा लगाइनेछ र अर्को गेटबाट सुरक्षाजाँचपछि सर्वसधारणलाई प्रवेश गराइनेछ । 

अभिनन्दन कार्यक्रममा मन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, पत्रकार, व्यापारी, वुद्धिजीवी तथा नागरिक समाजका अगुवालाई प्रवेश पास दिने कार्यक्रम तय भएको इन्जिनियर यादवले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै