१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भक्तपुरमा बोराभित्र महिलाको शव फेला, हत्या भएको आशङ्का

२१ कार्तिक २०७३, आईतवार ०३:४८

कात्तिक २१, भक्तपुर । मध्यपुरथिमि नगरपालिका–२ बोडेमा किरा परेर कुहिएको अवस्थामा महिलाको शव फेला परेको छ । 

बोडेबाट मूलपानीतर्फ जाने मूल सडकबाट खेततर्फ जाने भित्र सडकको छेउमा अन्दाजी २७ वर्षकी महिलाको शव फेला परेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । 

मृतक महिलाको टाउकामा चोट देखिएको जानकारी दिँदै उहाँले हत्या गरेर बोरामा हालेर एकान्त रहेको स्थानमा ल्याएर फ्याँकिदिएको हुन सक्ने आशङ्का रहेको बताउनुभयो । मृतक महिला स्थानीय बासिन्दा नभएको र पहिचान पनि नभएको बताउँदै उहाँले प्रहरी वृत्त थिमि र अपराध अनुसन्धान महाशाखाको टोलीले अनुसन्धान अगाडि बढाएको जानकारी दिनुभयो । खेतमा गएर फर्कंदै गरेका स्थानीयवासीले शनिबार साँझ बोराभित्र महिलाको टाउको मात्रै देखिने गरी शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव