२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रिडी तनावग्रस्त, झडपमा प्रहरी निरीक्षक सहित तिन घाईते

२०७३, २४ कार्तिक बुधबार १२:११


प्रेम सुनार/कात्तिक २४, गुल्मी । गुल्मीको ५ नम्वर ईलाकाको केन्द्र रिडीमै राख्नु पर्छ भन्दै गरिएको आन्दोनमा प्रहरीले वल प्रयोग गरेको छ । रिडीवासीले गरेको रिडी वन्द खुलाउन प्रहरीले आज दिउँसोबाट सुरु गर्ने क्रममा  स्थानियवासी संग झडप भएको हो । 

  झडपमा रिडी  ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशव भट्टराई , एक जना प्रहरी जवान  र एक जना आन्दोनकारी सहित तिन जना घाईते भएको जनाईएको छ ।   प्रहरी निरीक्षक भट्टराईले आफलाई हातमा चोट लागेको र अन्यलाई शरिरका विभिन्न स्थानमा चोट लागेको बताए । 


   जिल्लाको आदेशमा मैले तिन वजेबाट रिडी नाका खुलाउन माईकिङ्ग गरेर  वल प्रयोग गरेको हुँ  प्रहरी निरीक्षक भट्टराईले भने–‘ त्यति वेला चारै तिरबाट निस्केका आन्दोलनकारीले अन्धाधुन्दा ढुङ्गा प्रहार गरे पछि झडप भयो र प्रहरीले दुई राउण्ड अश्रृग्याँस प्रहार गरेको हो । ’

  स्थिती रिडी प्रहरी वलको क्षमता भन्दा बाहिर जान थाले पछि  जिल्ला प्रशासनले जिल्ला प्रहरी कार्यालयबाट  प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालको नेतृत्वमा थप वल पठाएको जनाईको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावलले अश्रुग्याँस प्रहरीले प्रहार गरेको कुरालाई अझै बुझ्दै छु भनेर भने ।  

 प्रमुख जिल्ला अधिकारी उद्यबहादुर राना मगरले साँझ सम्म जसरी पनि रिडी नाका खुल्ने दावि गरे । उनले भने–‘ अहिले स्थिती साम्य हुँदैछ र प्रहरीकोा थप वल यहाँबाट पठाईएको छ साँझ सम्म रिडी  खुलाईन्छ । उक्त नाका गुल्मीको प्रवेशद्धार हो । 


  उत्तर वाग्लुङ्गको समेत प्रवेशद्धार भएकोले  दुई जिल्लाका जनता रिडी बन्दबाट नराम्ररी प्रभावित भएका छन् । रुरु क्षेत्र गाउँपालिका नामकरण गरिए पनि केन्द्र भने माथी घिउवेशीमा राखिएको विरोधमा  रिडीवासी आन्दोलित भएका हुन् ।  रुरु क्षेत्र देशका चारधाम मध्ये एक धाम मानिन्छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ