कात्तिक २५, पोखरा । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राति आगलागी भएको छ ।

राति १० बजे तिर भएको आगलागीका कारण हङकङ बजारको पूर्व तर्फका "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २५, पोखरा । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राति आगलागी भएको छ ।

राति १० बजे तिर भएको आगलागीका कारण हङकङ बजारको पूर्व तर्फका "/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पोखराको हङकङ बजारमा आगलागी, २९ सटर जलेर नष्ट

२५ कार्तिक २०७३, बिहीबार ०३:४५


कात्तिक २५, पोखरा । पोखराको पृथ्वीचोक नजिक रहेको हङकङ बजारमा बुधबार राति आगलागी भएको छ । राति १० बजे तिर भएको आगलागीका कारण हङकङ बजारको पूर्व तर्फका २९ वटा सटर जलेर नष्ट भएका छन् ।

विद्युत सर्ट हुँदा भएको आगलागीमा करीब ५ करोडको क्षति भएको हङकङ बजार व्यवस्थापन समितिले जनाएको छ । हङकङ बजारको ‘बि’ ब्लकमा पर्ने सबै सटर ध्वस्त भएको छ । नजिकैको अर्को व्लकका सामानमा समेत आंशिक क्षेति पुगेको छ । आगलागी भएर ध्वस्त भएको व्लकमा लत्ता कपडा, भाँडाकुँडा, जुत्ता तथा खाद्यान्नका सामानहरु रहेको सटरहरु रहेका थिए ।

करिब साढे ३ घण्टा पछि राति साढे १ बजे मात्रै आगो नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । नेपाली प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानी बासीन्दा र दमकल प्रयोग गरि आगो नियन्त्रणमा लिएको थियो ।

हङकङ बजार पोखरा उपमहानगरपालिकाले फुटपाथका व्यापार हटाएर साना ब्यापारीहरुका लागि स्थापना गरेको बजार हो । चार वर्षअघी स्थापित यो बजार पछिल्लो क्रममा राम्रो ब्यापार गर्ने बजारका रुपमा चर्चित छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल