१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फूल तार्ने क्रममा तामाकोशी नदिमा बगेर एक पुरुष बेपत्ता

२५ कार्तिक २०७३, बिहीबार ०७:२६

ताराबहादुर महत, कार्तिक २५, दोलखा । हरिबोधनी एकादशीको अवसरमा फूलमाला तार्ने क्रममा तामाकोशी नदीले बगाएर दोलखाको भेड्पुका एक पुरुष बेपत्ता भएको दोलखा प्रहरीले जनाएको छ । 

आफ्नी स्वर्गीय आमाको नाममा फूलमाला तार्न गएका दोलखाको भेड्पु गाविस वडा नम्बर २ बाबियाखर्क निवासी ४७ बर्षिय बद्रबिक्रम भण्डारी बेपत्ता हुनुभएको उहाँका छिमेकी भाइ सुकदेव भण्डारीले जानकारी दिनुभयो । नदीमा पौडेर फुलमाला तार्न खोज्दा आज विहान करिब ९ बजेतिर उहाँलाई नदीले बगाएकोे बताइएको छ । नदीमा पौडिन लागेका भण्डारीलाई नदीले बगाएपछि सँगै फूलमाला तार्न गएका आफन्त र छिमेकीहरुले निकाल्न खोजे पनि उनीहरुको प्रयास असफल भएको स्थानियले बताएका छन् ।

आफन्त र छिमेकीले प्रहरीलाई खबर गरेपछि प्रहरी चौकी किर्नेको प्रहरी टोलि र स्थानियबासीहरुले खोजी कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक विनोद सुनुवारले जानकारी दिनुभयो । उहाँका अनुसार रामेछाप प्रहरीलाई पनि खोजि कार्यका लागि दोलखा प्रहरीले अनुरोध गरीसकेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल