कत्तिक २६, धनगढी । भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र पर्नुभएको छ । 

भारतको हैदरावादमा का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कत्तिक २६, धनगढी । भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र पर्नुभएको छ । 

भारतको हैदरावादमा का"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

२६ कार्तिक २०७३, शुक्रबार ०७:०९

कत्तिक २६, धनगढी । भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र पर्नुभएको छ । 

भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी पुग्नुभएको थियो । खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै अवस्थीले भन्नुभयो – “यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।” 

आफूसँग नेरु नभएको र भारु सटही नहुँदा घर कसरी पुग्ने समस्या भएको मात्र नभई धनगढीमा खान र बस्ने समस्यासमेत भएको दुःखेसो सुनाउनुभयो । 

भारतबाट फर्किएका डडेल्धुरा जिल्लाकै चेत अवस्थीले भारतीय सरकारले भारु १००० र ५०० दरका नोट चलनचल्ती गर्न रोक लगाएको निर्णयबाट भारतमा कमाइ गरेर बचत गरेको भारु कागजको खोस्टो बनेकामा चिन्ता व्यक्त गर्नुभयो । “भारुको नेरु सटही गर्न कसैले मान्दैनन्, अब कहाँ जाने ? उहाँले प्रश्न गर्नुभयो । 

भारुको कारोबार रोकिँदा पीडित भएका यी दुई प्रतिनिधि पात्र मात्र हुन् । यो घटनाका कारण भारतमा काम गरी फर्किएका शैयौँ नेपाली यतिबेला धनगढीलगायतका सीमावर्ती नेपाली बजारमा अलपत्र परेका छन् । 

आफ्नो साथमा रहेको भारु १००० र ५०० दरका नोटको सटही हुने÷नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिक मारमा परेका छन् । 

यहाँका चोक, चिया पसल, सार्वजनिकस्थलमा सर्वसाधारण र व्यापारीबीच भारु नोट सटही हुने÷नहुनेबारे चर्चा गरिएको सुनिन्छ । सीमावर्ती धनगढीलगायतका नेपाली बजारमा भारुको र गौरीफँटालगायतका भारतीय बजारमा नेरुको चलनचल्ती सहज रुपमा हुँदै आएको छ । 

यता नेपाल राष्ट्र बैंक धनगढीका प्रबन्धक विश्रुत थापाले भारुको १००० र ५०० दरका नोटको कारोबारमा भारत सरकारले रोक लगाएपछि नेपाल राष्ट्र बैंक विदेशी विनिमय विभागले बुधबारदेखि भारुका ठूला दरका नोटको कारोबारमा पनि रोक लगाएको जानकारी दिनुभयो । 

“कालोधन रोक्नका लागि भारत सरकारले यस्तो गरेको हुनसक्छ” – थापाले भन्नुभयो । राष्ट्र बैंक धनगढीबाट १०० दरको भारुको नोट सटही गर्ने काम सदा झैँ आज पनि भएको उहाँले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह