कात्तिक २९, काठमाडौँ । शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ । 

प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कात्तिक २९, काठमाडौँ । शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ । 

प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानक"/>

2026-06-20 08:02 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइयो

2016-11-14

कात्तिक २९, काठमाडौँ । शिख धर्मका प्रवक्ता तथा प्रथम गुरु नानकको ५४८औँ जन्मजयन्ती मनाइएको छ । 

प्रत्येक वर्ष कात्तिक शुक्लपूर्णिमाका दिन गुरु नानकको स्मरणमा शिख धर्मका अनुयायीले गुरुदेव पृथ्वीमा आएको दिनका रुपमा आगमन पर्व मनाउने गर्दछन् । शान्त स्वभावका, एकाग्र चित्त भएका गुरुदेव ध्यान तथा योगी भएको विश्वास छ । 

काठमाडौँको बालाजुस्थित नानक मठ (गुरुद्वार)मा गुरुको स्मरणमा विभिन्न धार्मिक गतिविधि तथा भण्डरा लगाइएको छ । सन् १४६९मा हालको पाकिस्तानमा जन्मनुभएका गुरु नानकले ब्रह्मज्ञान प्राप्त गरी मानव कल्याणका लागि क्रियाशील रहेको जनविश्वास छ । 

गुरु नानकले शान्तिको प्रचारका लागि नेपाल, हिन्दुस्तान, अफगानिस्तान, भुटान, मक्का मदिनालगायतका मुलुकको पैदल यात्रा गर्नुभएका गुरु नानक सेवा प्रतिष्ठान सोध केन्द्रका अध्यक्ष जसपाल सिंहले जानकारी दिनुभयो । 

भारत वर्षमा मुसलमान तथा हिन्दूका बीच द्वन्द्व भएको अवस्थामा गुरु नानकले दिएको तर्क तथा अनेक प्रयत्नका आधारमा द्वन्द्व न्यूनीकरण भएको इतिहास पाइने उहाँले बताउनुभयो । 

‘सबैका पिता एक हुन्’ भन्ने मान्यता राखेर सबै धर्मावलम्बीलाई सत्कर्ममा लाग्न प्रेरणा दिएका नानकलाई हिन्दूले जगत बाबा तथा इस्लामले पैगम्बरकै रुपमा आस्था राख्ने गरेको बताइएको छ । काठमाडौँमा छवटा ऐतिहासिक गुरुद्वार छन् भने नेपालमा करिब सात हजार शिख धर्मावलम्बी छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ