गोपाल प्रसाद पोखरेल/कात्तिक ३०, मोरङ । दिन प्रतिदिन नेपाली युवा विदेसिइरहेका छन् । आफ्नै देशमा रहेर परिश्रम गर्ने कमै हुन्छन् । त्यसमा पनि स्वदेशमा नै मूर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोपाल प्रसाद पोखरेल/कात्तिक ३०, मोरङ । दिन प्रतिदिन नेपाली युवा विदेसिइरहेका छन् । आफ्नै देशमा रहेर परिश्रम गर्ने कमै हुन्छन् । त्यसमा पनि स्वदेशमा नै मूर्त"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूर्तिकलाले स्वदेशमै रोजगारमुखी बनायो

३० कार्तिक २०७३, मंगलवार ०३:५९


गोपाल प्रसाद पोखरेल/कात्तिक ३०, मोरङ । दिन प्रतिदिन नेपाली युवा विदेसिइरहेका छन् । आफ्नै देशमा रहेर परिश्रम गर्ने कमै हुन्छन् । त्यसमा पनि स्वदेशमा नै मूर्ति बनाएर जीविका चलाउने त नगन्य नै हुन्छन् । 

तर आजभोलि यो पेसा सहरमा मात्र होइन गाउँघरमा पनि रोजगारको दरिलो आधारस्तम्भ बन्दै गएको छ । परम्परागत मूर्तिकलामा अब्बल मोरङ जिल्लाको टाँडी–५ का गणेशकुमार राईले मूर्तिकलामा भविष्य उज्यालो देख्नुभएको छ । त्यतिमात्र होइन युवाको लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा समेत प्रस्तुत हुनुभएको छ । 

टाँडीको खोलामा यी युवा मूर्तिको बुट्टा काट्नुका साथै चम्काउने काम पनि आफँै गर्नुहुन्छ । मूर्ति बनाउँदै आउनुभएका ३० वर्षीय राईले आफ्नो काम र कमाइको बारेमा दिल खोलेर बताउनुभयो । उहाँ सानैदेखि मूर्तिकलामा लागे पनि व्यावसायिक रुपमा लागेर यो काम गरेको १० वर्ष भयो । राई भन्नुहुन्छ, “कमाइ राम्रै छ । विदेश जानु पर्दैन, राम्रोसँग गर्ने हो भने विदेशमा जति त यहीँ कमाइ हुन्छ । महिनामा रु ४०÷५० हजार कमाइ हुन्छ ।” 

देवीदेउता, राष्ट्रिय विभूति र मानिसको सालिक गरी हालसम्म २०० भन्दा बढीे सालिक गणेशले निर्माण गरिसक्नुभएको छ । भगवान्को मूर्ति बनाउन सजिलो हुने बताउँदै गणेश भन्नु हुन्छ, “मानिसको सालिक निर्माण गर्न निक्कै मेहनत गर्नुपर्छ ।” हुबहु भएन भने सेवाग्राही असन्तुष्ट हुने डर भएपनि अहिलेसम्म आफ्नो कामप्रति कसैले नराम्रो भन्ने नगरेको उहाँको भनाइ छ । 

दिदी कौशिला राई र भेना मन्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उहाँ पित्तल, तामा, जस्तालगायतबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कुदेर पनि राम्रा मूर्ति तयार पार्न सक्नुहुन्छ । यो पेसाबाट नाम र दाम दुवै मिल्ने गरेको उहाँको भनाइ छ । “ठिकै छ, स्वदेशमै काम गरेर खान सजिलो भइरहेको छ । कामप्रति सन्तुष्ट छु” उहाँले भन्नुभयो । 

मूर्तिका काम गर्दैगर्दा भेटिनुभएका उहाँले विदेशमा जानुभन्दा मूर्तिको काममा नेपालमै राम्रो कमाइ हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “खानलाउन पुग्छ, परिवार सजिलै पाल्न सकिन्छ । सीप र मेहनत अनुसारको आम्दानी हुन्छ ।” 

दिदी कौशिला र भेना मन्जुल मितेरीको प्रेरणाबाट मूर्ति बनाउन उहाँले सिक्नुभएको हो । मितेरीले धेरै वर्ष पहिलेदेखि नै मूर्ति बनाउने पेसा अपनाउँदै आउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल आयोगद्वारा निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र स्थापना चुनाव र पार्टी अधिवेशन दुवैको तयारी गर्नुहोस् : कावा सभापति खड्का मलेसिया : १एमडिबी काण्डमा नाजिब दोषी चोरी भएका ६० वटा मोटरसाइकल र स्कुटर हस्तान्तरण म्यान्मामा पाँच वर्षपछि आम चुनाव राजनीतिक दलसँगको वार्ता र छलफललाई अघि बढाइरहेका छौँ: मन्त्री खरेल जेनजी आन्दोलनका सहिदः ‘बेलुका भएपछि घर आउलान् जस्तो लाग्छ…’ शिक्षाको गुणस्तर अभिवृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपराष्ट्रपति नवनियुक्त मन्त्री शर्माद्वारा पद तथा गोपनीयताको शपथ आयुर्वेद चिकित्सालयलाई केन्द्रीय आयुर्वेद अस्पतालका रूपमा विकास गरिने सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल पुष्पकमल दाहाल र सञ्चारमन्त्री खरेलबीच भेटवार्ता जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते अध्यक्ष ओली र सञ्चारमन्त्रीबीच भेटवार्ता नाइजेरियामा आइएसविरुद्ध अमेरिकी हवाई आक्रमण ‘ज्येष्ठ नागरिकको समस्या समाधान गर्न आपसी समन्वय आवश्यक छ’ आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा