गोपाल प्रसाद पोखरेल/कात्तिक ३०, मोरङ । दिन प्रतिदिन नेपाली युवा विदेसिइरहेका छन् । आफ्नै देशमा रहेर परिश्रम गर्ने कमै हुन्छन् । त्यसमा पनि स्वदेशमा नै मूर्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोपाल प्रसाद पोखरेल/कात्तिक ३०, मोरङ । दिन प्रतिदिन नेपाली युवा विदेसिइरहेका छन् । आफ्नै देशमा रहेर परिश्रम गर्ने कमै हुन्छन् । त्यसमा पनि स्वदेशमा नै मूर्त"/>

२०८३, २ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मूर्तिकलाले स्वदेशमै रोजगारमुखी बनायो

२०७३, ३० कार्तिक मंगलवार ०३:५९


गोपाल प्रसाद पोखरेल/कात्तिक ३०, मोरङ । दिन प्रतिदिन नेपाली युवा विदेसिइरहेका छन् । आफ्नै देशमा रहेर परिश्रम गर्ने कमै हुन्छन् । त्यसमा पनि स्वदेशमा नै मूर्ति बनाएर जीविका चलाउने त नगन्य नै हुन्छन् । 

तर आजभोलि यो पेसा सहरमा मात्र होइन गाउँघरमा पनि रोजगारको दरिलो आधारस्तम्भ बन्दै गएको छ । परम्परागत मूर्तिकलामा अब्बल मोरङ जिल्लाको टाँडी–५ का गणेशकुमार राईले मूर्तिकलामा भविष्य उज्यालो देख्नुभएको छ । त्यतिमात्र होइन युवाको लागि स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरणको रुपमा समेत प्रस्तुत हुनुभएको छ । 

टाँडीको खोलामा यी युवा मूर्तिको बुट्टा काट्नुका साथै चम्काउने काम पनि आफँै गर्नुहुन्छ । मूर्ति बनाउँदै आउनुभएका ३० वर्षीय राईले आफ्नो काम र कमाइको बारेमा दिल खोलेर बताउनुभयो । उहाँ सानैदेखि मूर्तिकलामा लागे पनि व्यावसायिक रुपमा लागेर यो काम गरेको १० वर्ष भयो । राई भन्नुहुन्छ, “कमाइ राम्रै छ । विदेश जानु पर्दैन, राम्रोसँग गर्ने हो भने विदेशमा जति त यहीँ कमाइ हुन्छ । महिनामा रु ४०÷५० हजार कमाइ हुन्छ ।” 

देवीदेउता, राष्ट्रिय विभूति र मानिसको सालिक गरी हालसम्म २०० भन्दा बढीे सालिक गणेशले निर्माण गरिसक्नुभएको छ । भगवान्को मूर्ति बनाउन सजिलो हुने बताउँदै गणेश भन्नु हुन्छ, “मानिसको सालिक निर्माण गर्न निक्कै मेहनत गर्नुपर्छ ।” हुबहु भएन भने सेवाग्राही असन्तुष्ट हुने डर भएपनि अहिलेसम्म आफ्नो कामप्रति कसैले नराम्रो भन्ने नगरेको उहाँको भनाइ छ । 

दिदी कौशिला राई र भेना मन्जुल मितेरीको प्रेरणाबाट यस क्षेत्रमा हात हालेको बताउने उहाँ पित्तल, तामा, जस्तालगायतबाट बनाइने परम्परागत मूर्तिकला मात्रै होइन ढुङ्गामा कुदेर पनि राम्रा मूर्ति तयार पार्न सक्नुहुन्छ । यो पेसाबाट नाम र दाम दुवै मिल्ने गरेको उहाँको भनाइ छ । “ठिकै छ, स्वदेशमै काम गरेर खान सजिलो भइरहेको छ । कामप्रति सन्तुष्ट छु” उहाँले भन्नुभयो । 

मूर्तिका काम गर्दैगर्दा भेटिनुभएका उहाँले विदेशमा जानुभन्दा मूर्तिको काममा नेपालमै राम्रो कमाइ हुने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ “खानलाउन पुग्छ, परिवार सजिलै पाल्न सकिन्छ । सीप र मेहनत अनुसारको आम्दानी हुन्छ ।” 

दिदी कौशिला र भेना मन्जुल मितेरीको प्रेरणाबाट मूर्ति बनाउन उहाँले सिक्नुभएको हो । मितेरीले धेरै वर्ष पहिलेदेखि नै मूर्ति बनाउने पेसा अपनाउँदै आउनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता फेरि तोलाको ३ लाख नाघ्यो सुनको मूल्य सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा