मङ्सिर ३, काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ । 

योसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ । 

योसँ"/>

२०८३, ८ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उपत्यकाका सात क्लिनिकमा सिलबन्दी

२०७३, ३ मंसिर शुक्रबार १५:०२

मङ्सिर ३, काठमाडौँ । स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ । 

योसँगै अनुगमन टोलीले आजसम्म ३७ निजी क्लिनिकमा सिलबन्दी गरेको छ । 

टोलीले आज काठमाडौँमा २० र ललितपुरमा ११ निजी स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको थियो । स्वास्थ्य सेवा विभागका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वको टोलीले काठमाडाँैको कालिमाटीदेखि कलङ्कीमा रहेका क्लिनिकमध्ये सुभारम्भ डेन्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालिमाटी डेन्टल क्लिनिक, सिटी भ्याली डेन्टल क्लिनिकमा तालाबन्दी गरेको हो । 

सिलबन्दी गरिएका क्लिनिक बिनादर्ता सञ्चालनमा रहेका र एक क्लिनिकले नवीकरण दर्ता नगरेको पाइएको थियो । त्यस्तै अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ललितपुर जिल्लाको ग्वार्कोमा रहेको कङ्काली मेडिकल हल र नीरञ्जन डेन्टल क्लिनिक एन्ड ल्याबमा सिलबन्दी गरेको छ । 

टोलीले ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसनले गत साउनदेखि नवीकरण नगरेकाले नवीकरणका लागि पत्र काटिएको उपसचिव खतिवडाले जानकारी दिनुभयो । स्वास्थ्यमन्त्री गगनकुमार थापाको विशेष चासोमा अनुगमनमा खटिएको टोलीको अनुगमन जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध नेपाली जनताले यो सरकारबाट, हामीबाट ठूलो आशा गरेका छन्: सांसद कार्की बरु रकेट बनाउन सजिलो छ, बाँदर आतंक कम गर्ने प्रविधि छैन: महावीर पुन पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास सञ्चालन नहुने सुनचाँदीको मुल्य बढ्यो यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु कक्षा ११ को पठनपाठन आगामी असार १ देखि दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न सर्वोच्चको आदेश विमानस्थलबाट ३७ थान राहदानीसहित एक जना पक्राउ