कविता उपाध्याय | मङ्सिर २६, रोल्पा | पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपाली समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कविता उपाध्याय | मङ्सिर २६, रोल्पा | पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपाली समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् "/>
१३ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यसरी गर्भैदेखि सुरु हुन्छ महिला हिंसा

२६ मंसिर २०७३, आईतवार ०८:४२

कविता उपाध्याय | मङ्सिर २६, रोल्पा | पितृ सत्तात्मक सोच र चिन्तनमा जेलिएको नेपाली समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको सरोकार राख्ने संस्थाहरुले बताएका छन् । 

देशकै परिवेश हेर्ने हो भने पनि राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीस जस्ता गरिमामय पदहरुमा महिलाले नेतृत्व गरिराखेको अवस्था छ । तर पनि गाउँ समाजमा अझै पनि छोरा र छोरीका बीचको विभेद अन्त हुन सकेको छैन । 

जिल्ला जनस्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा। भवानीप्रसाद शर्माका अनुसार कुनै कुनै समुदाय वा परिवारमा अझै पनि छोरीलाई भन्दा छोरालाई बढी महत्व दिने गरिएको पाइन्छ । गर्भवती भएको १३ हप्तामा लिङ्ग पहिचान गर्ने र छोरी भए गर्भपतन गराउने अनि छोरा भए विशेष ख्याल राख्ने प्रचलनबाट नेपाली समाज ग्रसित छ । अर्कातर्फ गर्भमा छोरी छ भन्ने जानकारी भएमा गर्भवती महिलालाई पेटभरि खान नदिने, छोरी गर्भमा भएकै कारण कुटपिट गर्ने वा मानसिक रुपमा यातना दिने, दोस्रो विवाहको धम्की दिने वा विवाह नै गर्ने गरेको पाइन्छ । साथै, छोरी जन्मिसकेपछि पनि विद्यालय पठाउनुको साटो उनीहरुलाई काममा जोत्ने र शिक्षा दीक्षा लगायतका आधारभूत आवश्यकताबाट वञ्चित पार्ने जस्ता उदाहरण समाजमा प्रशस्तै भेटिन्छन् । यस्ता निरक्षर चेली दलालको फन्दामा परी नचाहेर पनि किशोरावस्थामा यौन शोषणमा पर्ने गरेका छन् । यति मात्र होइन छोरालाई बढी महत्व दिने परिवारका छोरीहरु वा बुहारीहरु पनि जानी नजानी हिंसाका शिकार बनिराखेका छन् । यसरी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा पीडा खेप्दै आएका छोरीहरु विवाह भइसकेपछि पनि सासूससुरा र श्रीमान्का अमानवीय ब्यवहार सहन बाध्य हुन्छन् जसका कारण गर्भवती भएको अवस्थामा गर्भ तुहिन सक्छ वा आमाकै मृत्यु हुनसक्छ । यसरी गर्भदेखि नै हिंसा खेप्दै आएका महिलाहरु उमेर चढ्दै जाँदा विभिन्न रोगबाट ग्रसित हुनुको साथै बुढेशकालमा पनि पाठेघर झर्ने समस्याबाट प्रताडित हुने गरेको डा। शर्मा बताउनुहुन्छ । 

यस्तै, महिला विकास अधिकृत लोकेन्द्रा आचार्यका अनुसार छोरालाई बढी मान्यता दिने हाम्रो जस्तो रुढीग्रस्त समाजमा गर्भदेखि नै महिला हिंसा हुने गरेको छ । कतिपय छोरीलाई जन्मनबाट वञ्चित गरेर भ्रूण हत्या गरिन्छ । उदाहरणका लागि पहिलो सन्तानका रुपमा छोरा जन्मिएको छ र गर्भमा पुनः दोस्रो सन्तान छोरा नै छ भने सहज रुपमा स्वीकारिन्छ तर पहिलो सन्तान छोरी छ र दोस्रो पटकको गर्भमा पनि छोरी नै देखियो भने परिवार वा श्रीमान् त्यसलाई स्वीकार्न हिच्किचाउँछ । विपन्न परिवारमा भने गर्भ जाँच गर्नुपर्छ भन्ने चेतना वा पैसा नभएर छोरा पाउने लालसामा छिटो छिटो गर्भधारण गर्ने गरेको पाइन्छ जसका कारण आमा र बच्चा दुवैको स्वास्थ्यमा प्रतिकूल असर पर्न जान्छ । परिवारलाई सुखी र समृद्ध बनाउनु छ भने ‘छोरा हुन् वा छोरी दुबै बराबरी’ भन्ने नारालाई सार्थक बनाउन जरुरी भएको आचार्य बताउनुहुन्छ । 

जिल्ला अस्पताल रोल्पाको तथ्याङ्कअनुसार यस आवमा मात्र १६ देखि ४५ वर्ष उमेर समूहका १९ जना महिलाले गर्भपतन गराएका छन् । उनीहरुले लिङ्ग पहिचान गर्न चाहेको भएपनि त्यसो गर्दा लैङ्गिक हिंसा हुने भन्दै अस्पतालले लिङ्ग पहिचान गरिदिएन । स्वास्थ्य क्षेत्रमा करिव १५ वर्षको लामो अनुभव सँगाल्नुभएकी जिल्ला अस्पताल रोल्पाकी सिअनमी नयना घर्तीका अनुसार करिव ८५ प्रतिशत मानिसले छोरालाई प्राथमिकता दिने गरेका छन् । गर्भमा बच्चा ९छोरी० चलिसकेको अवस्थामा पनि गर्भपतन गराउन चाहनेहरुलाई कार्यालयका तर्फबाट आफूहरुले परामर्श दिएर पठाउने गरेको उहाँ बताउनुहुन्छ । यसरी छोरा जन्माइसकेका महिला धेरै सन्तान हुने बहानामा गर्भपतनका जटिलताका बारेमा सचेत गराउँदा गराउँदै पनि ४÷५ पटकसम्म गर्भपतन गराउन आउने गरेका छन् । 

यस्तै, स्टाफनर्स शर्मिला आचार्य छोरी जन्माउने महिलाहरु अस्पतालमै मन खिन्न बनाउने, रुने, अस्पतालमै अब श्रीमान्ले दोस्रो विवाह गर्ने भयो भनेर पीडा पोख्ने गरेको अनुभव सुनाउनुहुन्छ । यस्ता महिला तथा तिनका श्रीमान् वा सुत्केरीका कुरुवालाई सम्झाइबुझाई पठाउने गरिएको छ । 

रोल्पा हस्पिटल प्रालि लिबाङका डा। अमिर शेरचनका अनुसार अस्पतालमा सुरुसुरुका दिनमा लिङ्ग पहिचान गरेर गर्भपतन गराउन ठूलो सङ्ख्यामा महिला आउने गरेको भएपनि अस्पतालबाट लिङ्ग पहिचान नगराउने भएका कारण पछिल्लो दिनमा लिङ्ग पहिचानका लागि कम मात्रै महिला अस्पताल आउने गरेका छन् । अवैध गर्भपतन गर्न आउने महिलाले लिङ्ग पहिचानको कुनै वास्ता गर्दैनन् तर श्रीमान्बाट रहेको गर्भ जाँच वा तुहाउन चाहने महिलाले भने शतप्रतिशत लिङ्ग पहिचान गर्न चाहन्छन् । नेपाल सरकारले लिङ्ग पहिचानमा रोक लगाएको हुँदा अस्पतालले लिङ्ग पहिचान नगरी बच्चाको स्वास्थ्य स्थितिका बारेमा मात्र जानकारी दिने गरेको छ । यस आवको साउन महिनादेखि अहिलेसम्म १८ देखि ४० वर्ष उमेर समूहका करिव ४० महिलाले गर्भपतन गराएका छन् । गर्भ जाँच गराउनेको सङ्ख्या ७५ छ । 

आफ्नो नाम उल्लेख नगर्ने सर्तमा एक स्वास्थ्यकर्मीले ७ महिना सम्मका गर्भवती महिला पनि गर्भमा छोरी भएको थाहा पाएर गर्भपतनका लागि आउने गरेको बताए । श्रीमान्ले धेरै छोरी जन्माएका कारण रातदिन यातना दिँदै आएको र पुनः गर्भमा छोरी देखिएपछि ‘बरु छोरी जन्माएर जीवनभर आमा र बच्चा दुबैले हिंसा सहनुभन्दा गर्भपतन गर्न जाती भन्दै आएकी एक महिलालाई गर्भपतन हुन सक्दैन भनी जवाफ फर्काएपछि निराश हुँदै फर्केको’ अनुभव उनले सुनाए । वैधानिक रुपमा १२ हप्ता सम्मको गर्भपतन गराउन सक्ने कानुनी व्यवस्था भएपनि गोप्य रुपबाट लिङ्ग पहिचान गरी निजी मेडिकलहरुबाटै यस्ता सेवा दिइने गरिएको उनको गुनासो छ । विशेषगरी शिक्षित तथा जानेबुझेकै परिवारका व्यक्तिहरु नै बढी मात्रामा यस्ता अनधिकृत काम गर्न लगाउँछन् । 

औषधि ब्यवसायी शिवप्रसाद आचार्य प्रतिमहिना १५० को हाराहारीमा गर्भवती महिला आफ्नो मेडिकलमा गर्भ जाँच तथा गर्भपतनको परामर्श लिन आउने जानकारी दिनुहुन्छ । 

समाजसेवी तथा महिला अधिकारकर्मी बीना मल्लका अनुसार पहिलेको समयमा परिवार नियोजनका साधनहरु प्रशस्त मात्रामा नपाइने र पाइए पनि किन्न हिच्किचाउनु पर्ने अवस्थाका कारण उहाँले केही समयको जन्मान्तरमा ४ छोरी जन्माउनुभयो । श्रीमान् र घरपरिवार छोरी भएकामा विचलित भएन । उहाँले सबै छोरीहरुलाई समान शिक्षा दीक्षा दिनुभएको छ । तर समाजले बारम्बार छोरी भन्दा छोरा नै मूल्यवान् हुन्छ भन्ने खालका शब्दहरु प्रयोग गरेर आफूलाई बेलाबेला पीडा दिने गरेको तीतो अनुभूति उहाँले सुनाउनुभयो । उहाँका अनुसार पितृ सत्तात्मक समाजमा जन्मे हुर्केको मान्छे जतिसुकै शिक्षित र सभ्य भएपनि उसको मानसिकतामा परिवर्तन आउन समय लाग्दो रहेछ । 

धबाङ–२ रोल्पाकी कुमारी सुनारका तीन बहिनी छोरी थिए । तर उहाँमाथि पनि घरपरिवार र समाजबाट निरन्तर छोरो चाहिन्छ भनेर दवाव आएपछि आफू ४३ वर्षकी हुँदा छोरा जन्माउनुभयो । उमेर ढल्केकै बेलामा भएपनि छोरा जन्माउन पाएकामा उहाँले गौरव मान्दै भन्नुभयो – “तीन बहिनी छोरीले नबनेको गृहस्थी एउटै छोराले बन्यो । अब त भएको सम्पत्तिमा अपुताली जाँदैन । धन्न १ बिग्रेको मेरो गृहस्थी छोराले बनाइदियो ।” 

यसैगरी जिल्ला अस्पताल रोल्पामा दुई दिनकी सुत्केरी श्रीमतीको कुरुवा बसेका जेदबाङ रोल्पाका २१ वर्षिय श्यामबहादुर बिक पहिलो सन्तानका रुपमा छोरी जन्मिएकामा खिन्न देखिनुहुन्थ्यो । दोस्रो र तेस्रो पटक पनि छोरी जन्मिए अपुताली जाने डर उहाँमा रहेछ । 

विककै छेउको शय्या सुत्केरी भएकी बुहारीको कुरुवाका रुपमा बसेकी लिबाङ–४ हरिगातिना रोल्पाकी भीमा थापाले आफूहरु ६ बहिनी छोरी रहेका र आफ्ना बुवाको मृत्युमा दिदीबहिनीले नै दागबत्ती दिएको तर लाश जल्न ढिला भएको दुखेसो पोख्नुभयो । छोरो नजन्माएका आफ्ना बुवाको स्वर्गको ढोका खुलेन कि भन्ने चिन्ताले बेला बेला उहाँलाई पिरोलिँदो रहेछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल