२०८२, ९ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

लाखौं मुल्य तिरेर उपचार गर्नुपर्ने रोगको पनि हामी निःशुल्क उपचार गरीरहेका छौं : डा. विनोद दंगाल

२०७३, २७ मंसिर सोमबार १२:००

ताराबहादुर महत, मंसिर २७, दोलखा । प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटसँगको समन्वयमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले दोलखा सदरमुकाम चरिकोटमा चरिकोट अस्पताल सञ्चालन गरी करिब एक बर्ष अगाडिदेखि हजारौं नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा दिईरहेको छ । राम्रो काम गरीरहे पनि बेला बखतमा विवादमा समेत आउने गरेको यस अस्पतालका मेडिकल डाईरेक्टर डाः विनोद दंगाललाई भेटेर मैले अस्पतालले दिने सेवा र विवादमा तानिनुको कारणबारे कुराकानी गरेको छु ।

१.चरिकोट अस्पतालले के कस्ता सेवाहरु प्रवाह गरीरहेको छ ? 

प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटसँगको समन्वयमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले दोलखा सदरमुकाम चरिकोटमा चरिकोट अस्पताल सञ्चालन गरेको करिब एक बर्ष हुन लागेको छ । २०७२ को माघ महिनाबाट हामीले यो अस्पताल सञ्चालन गरेर नागरिकहरुलाई निःशुल्क सेवा प्रदान गरीरहेका छौं । खासगरी यस अस्पतालबाट हामीले बहिरंग, अन्तरंग, आकस्मिक र शल्यक्रिया लगायतका सेवाहरु प्रदान गरीरहेका छौं ।

२.यहाँले शल्यक्रिया सेवा पनि प्रदान गरेको भन्नुभयो, खासगरी कस्तो खालको रोगको उपचारको लागि शल्यक्रिया गर्नुभएको हो ?

विशेष गरेर हामीले प्रसुति गराउँदा, पाठेघर, हाडजोर्नी, आन्द्रा तथा पेट र बच्चाहरुको विभिन्न समस्याको शल्यक्रिया गरेर पनि उपचार गराईरहेका छौं ।

३.अस्पताल सञ्चालन भएदेखि हालसम्म कुन – कुन जिल्लाका कति जना बिरामीहरुलाई सेवा दिनुभयो ?

अहिले सम्म हामीले यस अस्पतालबाट करिब ४५ हजार जना विरामीलाई विभिन्न प्रकृतिको सेवा दिएका छौं । यो सेवा लिनेमा धेरै जसो दोलखा जिल्लाका नागरिकहरु हुनुहुन्छ । यसका साथै रामेछाप, ओखलढुङ्गा, सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक र काठमाण्डौंबाट समेत विरामीहरु यस अस्पतालमा सेवा लिन आउने गर्नुभएको छ ।

४.किन काठमाण्डौं जस्तो विकसित शहरका मान्छेहरु पनि यहाँ आउँछन त ?

यस अस्पतालमा धेरै विरामीहरुले सेवा लिने गरेका छन । विशेष गरी जटिल प्रकृतिका रोगहरु पनि यहाँ निःशुल्क उपचार हुने भएकोले टाढा–टाढाबाट पनि विरामीहरु आउने गरेका हुन । राजधानी लगायतका सरकारी अस्पतालमा सेवा लिनका लागि लामो समय कुर्नुपर्ने र निजि अस्पतालहरुमा महंगो शुल्क तिर्नुपर्ने बाध्यताका कारण पनि विरामीहरु यस अस्पतालमा आउने गरेका छन । अन्यत्र लाखौं मुल्य तिरेर उपचार गर्नुपर्ने रोगको पनि हामी निःशुल्क उपचार गरीरहेका छौं । त्यसका साथै दक्ष र अनुभवी स्वास्थ्यकर्मीहरुले सेवा दिने भएकोले पनि विरामीहरु यस अस्पतालप्रति आकर्षित भएका हुन भन्ने मैले ठानेको छु ।

५.तपाईहरुले यति धेरै र प्रभावकारी सेवा दिईरहेका छौं भन्नुभयो, यदि यस्तो सेवा दिएको हो भने यस अस्पताल पटक–पटक विवादमा तानिनुको कारण के हो त ?

यो अस्पताल विवादमा तानिनुको खास कारण नागरिकहरुले बुझ्न जरुरी छ । यस अस्पतालका कर्मचारीको लाहपरबाहीले विरामीको ज्यान गएको भन्ने खबरहरु आएका छन् । तर खास कारण त्यो भन्दा पनि शुरुको केहि समय प्राथमिक स्वास्थ्य केन्द्रसँग राम्रो समन्वय हुन नसक्नु र सबैले हामीलाई एनजिओ (गैरसरकारी संस्था)को रुपमा हेरेको हुँदा हामीलाई पेल्ने मनासयले यस्ता आरोपहरु हामीले खेप्नु परेको हो । काम गर्ने क्रममा कतै कमजोरी भएको भए हामी सुधारेर जान तयार छौं । आशा छ आगामी दिनमा त्यस्ता विवादहरुमा हामी मुछिने छैनौं ।

६.स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन निकट भविष्यका योजनाहरु के के छन ?

हामीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका लागि थप सेवाहरु प्रदान गर्ने तयारी गरीरहेका छौं । यहि मंसिर २९ गतेबाट हाडजोर्नी सम्बन्धि समस्या समाधानका लागि काठमाण्डौं ग्राण्डी अस्पतालका विशेषज्ञ भाष्कर पन्त यस अस्पतालमा आउँदै हुनुहुन्छ । यसमा हामीले हात, गोडा, मेरुदण्डका हड्डी खिईएको, भाँचिएको लगायतका समस्याको समाधान निःशुल्क रुपमा गर्दैछौं । त्यसैगरी घरघरमै गएर स्वास्थ्य सेवा दिने उद्धेश्यले आगामी जनावरी महिनाबाट जिल्लाका ५ वटा गाविसमा सामुदायिक स्वास्थ्य कार्यक्रम सञ्चालन हुन गईरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा