माघ २०, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई निर्देशन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २०, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई निर्देशन "/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जवाफदेही भइ काम गर्न प्राधिकरणको निर्देशन

२० माघ २०७३, बिहीबार ०६:४०

माघ २०, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पारदर्शी र जवाफदेही रुपमा पुनःनिर्माणका काम गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी सङ्घसंस्थालाई निर्देशन दिएको छ । 

भूकम्प प्रभावित जिल्लामा साझेदार संस्थाका तर्फबाट भइरहेका पुनःनिर्माणका कामप्रति विभिन्न क्षेत्रबाट गुनासो आएपछि प्राधिकरणले निजी आवास पुनःनिर्माणमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिलाई बुधबार कार्यालयमा बोलाएर निर्देशन दिएको सहायक प्रवक्ता डा भीष्मकुमार भुसालले जानकारी दिनुभयो । 

सङ्घसंस्थाका प्रतिनिधिसँगको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले पुनःनिर्माणको कामलाई गति दिन र सरकारी निकायसँग समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभयो । 

“भूकम्प प्रभावित क्षेत्रमा साझेदार संस्थाहरुले आफूखुसी रकम खर्च गरेको गुनासो आएको छ, आफूखुसी होइन विधिसम्मत रुपमा पारदर्शी एवम् जवाफदेही तरिकाले काम गरिनुपर्छ” – उहाँले भन्नुभयो । 

नीतिगत समस्या भए तत्काल प्राधिकरणलाई जानकारी गराउन आग्रह गर्दै आ–आफ्नो जिम्मेवारीअनुसार निजी आवास पुनःनिर्माणको कामलाई गति दिन प्रमुख कार्यकारी अधिकृत डा पोखरेलले आग्रह गर्नुभयो । 

बैठकमा साझेदार संस्थाबाट हालसम्म गरिएका कार्य प्रगतिको समीक्षा गर्नुका साथै प्रगति नभएका र कम प्राथमिकताका क्षेत्रमा छुट्याइएको रकमसमेत दक्ष निर्माणकर्मी उत्पादन गर्ने तालिममा केन्द्रित गर्न प्राधिकरणले संस्थालाई निर्देशन दिएको छ । नयाँ स्रोत व्यवस्थापन गरी दक्ष जनशक्ति उत्पादनमा ध्यान केन्द्रित गर्न सो अवसरमा आग्रह गरिएको थियो । 

पुनःनिर्माणमा ६० हजार दक्ष निर्माणकर्मी आवश्यक पर्नेमा हालसम्म १५ हजारले मात्र तालिम लिएको र तालिम लिएकामध्ये सबै काममा नरहेको सहरी विकास मन्त्रालयले जनाएको छ । 

कार्यक्रममा प्राधिकरणका तर्फबाट कार्यकारी सदस्य डा हरिराम पराजुली, सचिव डा सञ्जय शर्मा, सहसचिव यमलाल भुसाल, सहप्रवक्ता डा भुसाललगायत सहभागी हुनुहुन्थ्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड