माघ २०, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशगजामा निर्माण गरेको सडक र नाला भत्काउन निर्देशन

२०७३, २० माघ बिहीबार ०७:३५


माघ २०, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिनुभएको छ । 

भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा निर्माण गरिएको पक्की सडक र नाला तुरुन्त भत्काउन आदेश दिनुभयो । 

सो कार्यशालामा भारत मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरलगायतले पनि महोत्तरीको मटिहानी र भारतको मधवापुरस्थित दशगजा क्षेत्रमा भारतले निर्माण गरेको पक्की सडक र नाला तुरुन्त दशगजा क्षेत्रबाट भत्काउन निर्देशन दिनुभयो । 

साथै उहाँहरुले आउँदो दिनमा दुवै देशको सीमा क्षेत्रमा हुने अतिक्रमण, पिलर सारिएको तथा भत्काइएको सम्बन्धमा दुवै देशका सर्वे टोलीले स्थलगत निरीक्षण गर्ने तथा मर्मत सम्भार र व्यवस्थापन गर्ने बताउनु भयो । 

महोत्तरीका प्रजिअ, वीरेन्द्र यादव, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितका टोलीले भारत विहारको मधुवनी जिल्लाको जयनगरमा भारतीय पक्षसँग विशेष बैठक बसी सोही बैठकद्वारा भारतीय पक्षले मटिहानीको दशगजा क्षेत्रमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन निर्देशन दिइएको प्रजिअ, वीरेन्द्र यादवले बताउनुभयो । 

गत बिहीबार भारतीय पक्षले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रमा भारतको मधवापुर सहरतिरबाट ७ दशमलव ३१ मिटर दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेकामा महोत्तरीका प्रजिअसहित सुरक्षा निकायले स्थलगत निरीक्षण गरी भारतीय पक्षसँग कुराकानी गर्दै आउनुभएको थियो । 

सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की संरचना निर्माण गरेको कुरा विभिन्न सञ्चारमाध्यममा आएपछि प्रजिअ यादवले यसबारे गम्भीर हुँदै सो पक्की सडक र नाला भत्काउन निर्देशन दिन लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ