माघ २०, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माघ २०, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त"/>

१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशगजामा निर्माण गरेको सडक र नाला भत्काउन निर्देशन

२० माघ २०७३, बिहीबार ०७:३५


माघ २०, गौशाला । भारतीय पक्षले महोत्तरी जिल्लाको मटिहानी गाविससँग टाँसिएर रहेको भारतीय सहर मधवापुरमा यसै साता दशगजामा निर्माण गरेको पक्की सडक र नाला तुरुन्त भत्काउन मधुवनीका डिएमले निर्देशन दिनुभएको छ । 

भारत विहारको मधुवनी जिल्लाको जयनगर सहरमा अवस्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) को ४८ ‘बी’ बाहिनीमा आयोजित ‘भारत नेपाल सीमा सत्यापन एवम् मर्मत कार्यशाला’ मा भारत मधुवनी जिल्लाका डिएम गिरवर दयाल सिंहले भारतीय पक्षद्वारा दशगजा क्षेत्रमा निर्माण गरिएको पक्की सडक र नाला तुरुन्त भत्काउन आदेश दिनुभयो । 

सो कार्यशालामा भारत मधुवनीका एसपी दीपक वर्णबाल र एसएसबीका एसपी अजितसिंह राठोरलगायतले पनि महोत्तरीको मटिहानी र भारतको मधवापुरस्थित दशगजा क्षेत्रमा भारतले निर्माण गरेको पक्की सडक र नाला तुरुन्त दशगजा क्षेत्रबाट भत्काउन निर्देशन दिनुभयो । 

साथै उहाँहरुले आउँदो दिनमा दुवै देशको सीमा क्षेत्रमा हुने अतिक्रमण, पिलर सारिएको तथा भत्काइएको सम्बन्धमा दुवै देशका सर्वे टोलीले स्थलगत निरीक्षण गर्ने तथा मर्मत सम्भार र व्यवस्थापन गर्ने बताउनु भयो । 

महोत्तरीका प्रजिअ, वीरेन्द्र यादव, सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक शालिग्राम शर्मासहितका टोलीले भारत विहारको मधुवनी जिल्लाको जयनगरमा भारतीय पक्षसँग विशेष बैठक बसी सोही बैठकद्वारा भारतीय पक्षले मटिहानीको दशगजा क्षेत्रमा निर्माण गरेको पक्की सडक र नाला भत्काउन निर्देशन दिइएको प्रजिअ, वीरेन्द्र यादवले बताउनुभयो । 

गत बिहीबार भारतीय पक्षले महोत्तरीको मटिहानीस्थित दशगजा क्षेत्रमा भारतको मधवापुर सहरतिरबाट ७ दशमलव ३१ मिटर दशगजा मिचेर पक्की सडक र नाला निर्माण गरेकामा महोत्तरीका प्रजिअसहित सुरक्षा निकायले स्थलगत निरीक्षण गरी भारतीय पक्षसँग कुराकानी गर्दै आउनुभएको थियो । 

सीमाक्षेत्रको दशगजाभन्दा दुवैतिर ३० मिटरसम्म कुनै पनि प्रकारको भौतिक संरचना निर्माण नगर्ने अन्तर्राष्ट्रिय मान्यता र सम्झौता रहे पनि भारतीय पक्षले मटिहानी र मधवापुरको बीचमा दशगजा मिचेर पक्की संरचना निर्माण गरेको कुरा विभिन्न सञ्चारमाध्यममा आएपछि प्रजिअ यादवले यसबारे गम्भीर हुँदै सो पक्की सडक र नाला भत्काउन निर्देशन दिन लगाउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड