२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीति जस्तै अस्वस्थ राजधानी, कोहि छैन जिम्मेवार ?

२०७३, २२ माघ शनिबार ०१:१९

माघ २२, काठमाडौ | यो नेपालको राजधानीको बेथिति हो । यी र यस्ता बेथिति हेर्दा लाग्छ कि राजधानी अझै २/४ दशक अस्वस्थ स्थितिमै गुज्रिन्छ ।

४० लाख भन्दा बढी जनतासंग प्रत्यक्ष जोडिएको पूर्वाधार निर्माणमै यति लाचारी र गैरजिम्मेवारीपन देखिन्छ भने अरु स्थानका हालत के होला स्पष्ट बुझ्न सकिन्छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले गत भदौमा व्यवस्थापिका संसद्मा सम्बोधनका क्रममा भनेका थिए, ‘उपत्यकाका सडक खाल्डाखुल्डीमुक्त बनाउने र सबै सडक कालोपत्रे गर्ने योजना अगाडि सार्छु।' उनले गरेको उक्त प्रतिबद्धताको पाँच महिना बितिसकेको छ। तर उपत्यकाका सडकमा खाल्डाखुल्डीको समस्या ज्युकात्युँ छ, जस्तो उनले ससद्मा भाषण गर्ने समयमा थियो। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

राजधानीमा गुड्ने सवारीसाधनका चालक अहिले सडकका खाल्डाखुल्डीलाई लिएर आजित छन्। भीआईपी सवार हुने रुटमा मात्रै सडक विभाग र काठमाडौं महानगरपालिकाले प्राथमिकतासहित खाल्डाखुल्डी पुर्दै आएको र अन्यत्रका सडकमा उनीहरूको त्यति ध्यान जाने गरेको नपाइएको सरोकारवालाहरू बताउँछन्। सिंहदरबार, बानेश्वरस्थित संविधानसभा भवनवरपर, प्रधानमन्त्री निवास बालुवाटार र मन्त्री निवास पुल्चोक रुटमा मात्रै महानगर र विभागले चासो दिएपछि अन्य सडकको अवस्था दयनीय बनेको हो।

राजधानीको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसदेखि विष्णुमती पुलसम्म बाटो बिग्रिएको आठ महिनाभन्दा बढी भइसक्यो। करिब दुई सय मिटरको यो बाटो विस्तार भए पनि तत्काल बनाउनेमा न विभागले चासो देखाएको छ न महानगरपालिकाले नै। सडक विस्तारका सामग्री ओसारपसारका नाममा ठूला टिपर सञ्चालनले पनि बाटो बिग्रिएको महानगरपालिकाको भनाइ छ। हलुका सवारीसाधन गुड्न मिल्ने सडकमा हेभी मोटर (ट्रक/टिपर) गुडाइदिएपछि सडकमा खाल्डाखुल्डी बढेका हुन्।

राजधानीकै त्रिपुरेश्वर-नागढुंगा सडकको अवस्था दैनिक नाजुक बन्दै गएको छ। पृथ्वीराजमार्ग भएर गुड्ने ठूला मालवाहक ट्रक, यात्रुवाहक बस र निर्माण सामग्री बोक्ने टिपर सयौंको संख्यामा ओहोरदोहोर हुने उक्त सडकखण्डमा खाल्डाखुल्डी ‘एम्बुस' बनिरहेका छन्। सडक विस्तारका नाममा यी क्षेत्रका स्थानीयले खाल्डाखुल्डीका कारण धुवाँधुलोसँगै दैनिक सास्ती बेहोर्दै आएका छन्।

सडकको अवस्थाले नेपाल घुम्न आएका पर्यटक एवं अन्य उच्चपदस्थ विदेशी अधिकारीसमेत आजित छन्। केही दिनअघि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सम्मेलनमा सहभागी हुन नेपाल आएका उच्च अधिकारीसमेत उपत्यकाका खाल्डाखुल्डीबाट आजित बने।

इन्टरपोलका अध्यक्ष म्याङ होङउई र महासचिव जुरगेन स्टक सवार गाडीले चाबहिलस्थित गोपीकृष्ण र गौशालास्थित जयवागीश्वरी सडकखण्डमा भुइँ छोएको थियो। प्रधानमन्त्री निवास बालुवाटार पुगेर आउँदा र फर्किंदा गाडीले भुइँ छोएपछि उनीहरू ‘धेरै दौडधुप नगर्ने' भन्दै गाडी चालकलाई सम्झाएको एक ट्राफिक प्रहरी अधिकृतले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन