2026-07-06 06:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रास्वपाले रवि पक्राउको विरोधमा दैउसीभैलो खेल्ने

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तिहारको दैउसी–भैलोमा पनि सभापति रवि लामिछाने पक्राउको विरोध गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा लगिएको थियो। उनको पक्राउविरुद्ध रास्वपाले लगातार सडकमा प्रदर्शन गरिरहेको छ।

सरकारले राजनीतिक प्रतिशोध साँधेर आफ्ना सभापतिलाई पक्राउ गरेको रास्वपाको आरोप छ। उपसभापति डोलप्रसाद अर्यालले तिहार, छठजस्ता पर्व आएकाले त्यो अवधिमा पोखराबोहक अरू ठाउँमा सडक प्रदर्शन, धर्ना लगायतका कार्यक्रम नहुने बताए। बरु, दैउसी–भैलो कार्यक्रममार्फत सरकारको कामकारबाही र पार्टी सभापतिमाथि प्रतिशोध साँधेकोबारे विरोध गरिने उनले बताए।

आर्यालले भने, ‘दैउसी–भैलो कै कार्यक्रममा पनि सरकारको डेलिभरी र सरकारले प्रतिशोध साँधेको विषय लिएर प्रदेशतिरका साथीहरूले कार्यक्रम राख्छौं भन्नु भएको छ।’ दैउसी–भैलो खेल्दा संयमित हुन र व्यक्तिगत गालीगलौजमा नउत्रिन निर्देशन दिइएको उनले जानकारी दिए। ‘संयमित हुने, गालीगलौजमा नउत्रिने, अरू पार्टीलाई गाली नगर्ने र व्यक्तिलाई गाली नगर्ने भनेर सल्लाह दिएको छु,’ आर्यालले भने।

पोखरामा भने तिहार, छठका बेला पनि निन्तर धर्ना दिने कार्यक्रम जारी रहने उनको भनाइ छ। ‘हाम्रो पोखराको धर्ना निरन्तर नै चलिरहन्छ,’ अर्यालले भने, ‘सभापति बाहिर नस्किन्जेल त्यो चली नै राख्छ।’

उनले आफूले आजै सभापति लामिछानेसँग भेटघाट गरेको र तिहार, छठजस्ता पर्वमा नागरिकलाई दुःख दिने गरी कार्यक्रम नगर्न आग्रह गरेको बताए। ‘म आज बिहान पार्टी सभापतिलाई पनि भेट्न गएको थिएँ,’ अर्यालले भने, ‘सभापतिज्यूसँग पनि कुरा हुँदा तिहार र छठमा नागरिकलाई दुःख दिनुहुँदैन, म आफ्नो लडाइँ लडिहाल्छु भन्नुभएको छ।’

तिहारपछि के कसरी अघि बढ्ने भन्ने विषयमा भने पार्टीमा छलफल भइहेको उनको भनाइ छ। ‘हामी सबै केन्द्रीय सदस्य, सांसदसँग छलफल गरिरहेका छौं। त्यसबारे निष्कर्ष निकाल्नचाहिँ अलिकति समय लाग्छ,’ उनले भने। ‘सभापतिज्यूसँग पनि सल्लाह लिनुपर्ने हुन्छ,’ उपसभापति अर्यालले भने, ‘उहाँले दिएको निर्देशन अनुसार हामी सल्लाह गरेर अगाडि बढाउँछौं।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै