१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

देउखुरीको सिसहनियाँमा सिकलसेलको नि:शुल्क स्वास्थ्य शिविर

१८ फाल्गुन २०७३, बुधबार ०९:५६

सन्तोषकुमार गुप्ता, देउखुरी १८ फागुन । सिकलसियल एनिमियाका रोगीहरुका लागि १ दिने निशुल्क स्वास्थ्य शिविर देउखुरीको सिसहनियाँ स्वास्थ्य चौकीमा सम्पन्न भएको छ । 

स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्था सिसहनियाँको आयोजना एवम् विष्ट उपचार क्लिनिकको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा ८३ जनाले स्वास्थ्य परिक्षण गराएकोमा १८ जनामा सो रोग पत्ता लागेको विष्ट उपचार क्लिनिकका स्वास्थ्य चिकित्सक प्रकाश विष्टले  बताए । शिविरमा स्वास्थ्य चिकित्सक प्रकाश विष्ट, ल्याप टेक्निसियन कुन्ता पौडेल र ल्याप असिस्टेन लब जैशीले स्वास्थ्य चेकजाँच गरेका थिए । भने शिविरको सहजीकरण संस्थाका सचिव गरिवु चौधरीले गरेका थिए ।

बंशाणुगतरुपमा लाग्ने  यो रोगले र क्त को शिकामा संक्रमण गर्छ । एक सय वर्ष पहिले  अमे रि कामा पत्ता लागे को  यो रोग पछिल्लो  समयमा थारु समुदायका व्यक्तिहरुमा दे खिएको  छ । दाङबाट जिल्ला जनस् वास् थ्य कार्यालयले  अहिले सम्म १ सय ३८ जनालाई निःशुल्क उपचार का लागि के न्द्रमा सिफारि स गरि एको  जिल्ला जनस् वास् थ्य कार्यालय दाङका प्रमुख घनश्याम पो ख्रे लले  बताए ।

रोग कतिजनामा लागे को  छ भन्ने  बारेमा एकीन विवर ण छै न । भेरी अञ्चल अस् पतालमा उपचार को  लागि पुगे कामध्ये  तीन सय जना दाङ जिल्लाका बिरामी आफ्नो  प्रत्यक्ष सम्पर्कमा र हे को  भेरी अञ्चल अस्पताल नेपालगञ्जका फिजिसीयन डाक्टर राजन पाण्डेले बताए । 

दाङ जिल्लाबाट सिकलसे लको  उपचार का लागि पुगेका मध्ये करिब तीन सय जना सम्पर्कमा छन् । उनीहरुको  उपचार  शुरु भइसके को छ, नया पत्ता लाग्ने बिरामीको  संख्या पनि धेरै रहेको छ । सिकलसेल सदियौ देखी थियो,  तर यसको  पहिचान हुन सकेको थिएन अहिले पहिचान भयो र उपचार पनि शुरु भएको  छ । 

सिकलसेल भएका बिरामीले  बाचुञ्जेल औषधि खानुपर्छ । सिकलसेल रोग वंशाणुगत भएकाले  पत्ता लागेमा कन्ट्रोल गर्ने  हो, त्यसको लागि औषधि नियमित खानुपर्छ, प्रे सर, सुगर जस् तै  यसको  पनि नियमित औ षधि से वन गर्नुपर्ने  हुन्छ डा. पाण्डेले भने अहिले  ने पाल सर कार ले  एक लाख बराबरको  औषधि निःशुल्क उपलब्ध गराउने गर्छ । 

सिकलसेलको औषधि महंगो छ । दाङ जिल्लामा जहाँ त्यहीं यसको  औषधी पाइदै न । राप्ती उपक्षे त्रीय अस् पतालमा भर्खरै बिरामीहरुको  मागको आधारमा औषधि राखिएको छ । तर  अन्यत्र औ षधि पसलमा पाउन मुस्किल पर्छ । दशवटा गोलीको  एक पत्ता औषधिलाई दुई सय ५० रुपैया पर्छ । 

दाङसहित पश्चिम नेपालको  थारु समुदाय बसोवास गर्ने  जिल्लामा अहिले सम्म करिब एक हजार  बिरामी उपचार का लागि अस्पतालसम्म पुगेको  तथ्यांक डा. पाण्डे सग छ । तर  रोगको  पहिचान नहुँदा धेरै बिरामी गाउघरमा त्यसै  बसिरहेको  हुनसक्ने  उनले  बताए । 

सिकलसेल रोग लागेको  छ कि छैन भने रगत परिक्षण गर्नुपर्ने  हुन्छ । रगत परिक्षणको  सुविधा राप्ती उपक्षे त्रीय अस् पतालमा भर्खर  शुरु भएको  छ । अब दे उखुरीको  लमही स्थित प्राथमिक स्वास्थ्य केन्द्र लमही र  सिसहनिया स्वास्थ्य चौकीमा शुरु गर्ने  गरिएको छ । यसै बिच सिसहनियाँ गाविसले गाविसको ९ वटै वडाहरुमा व्यापक रुपमा स्वास्थ्य शिविर सञ्चालन गर्ने बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट