पर्वत । पर्वतमा २१७ जना क्षयरोगीका विरामी भएको पाइएको छ । तीन बर्षे तथ्याङक अनुसार जिल्लामा ७१ पुरुष र १४६ महिला गरी २१७ जना मानिसहरुमा यो रोगको लक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । विश्व क्षयरोग दिवसका अबसरपा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । पर्वतमा २१७ जना क्षयरोगीका विरामी भएको पाइएको छ । तीन बर्षे तथ्याङक अनुसार जिल्लामा ७१ पुरुष र १४६ महिला गरी २१७ जना मानिसहरुमा यो रोगको लक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । विश्व क्षयरोग दिवसका अबसरपा"/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

पर्वतमा २१७ क्षयरोगी

१२ चैत्र २०७३, शनिबार ०७:०२

पर्वत । पर्वतमा २१७ जना क्षयरोगीका विरामी भएको पाइएको छ । तीन बर्षे तथ्याङक अनुसार जिल्लामा ७१ पुरुष र १४६ महिला गरी २१७ जना मानिसहरुमा यो रोगको लक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । विश्व क्षयरोग दिवसका अबसरपारी पत्रकारसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरी जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जानकारी दिएको हो ।  हरेक बर्ष मार्च २४ मा मनाइने यो दिवस पर्वतमा पनि मनाइएको हो ।

आव ०७१।७२ मा २६ पुरुष र ५५ महिला गरी ८१ जनामा यो रोगको लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालय पर्वतको तथ्याङकले देखाएको छ । त्यस्तै आव ०७२।७३ को तथ्याङक अनुुुसार ३२ पुरुष र ६८ महिलामा यो रोग देखा परेको थियो । त्यस्तै आव ०७३।७४ को हालसम्म १३ पुरुष र २३ महिला गरी ३६ जनामा यो रोगको जिवाणु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका प्रमुख डा. बुद्धिबहादुर थापाले जानकारी दिए ।


क्षयरोग माईकोब्याक्टेरियम ट्युबरक्लोसिस नामको ब्याक्टेरियाका कारण लाग्ने रोग हो । श्वासप्रस्वासका माध्यमबाट सजिलै सर्ने क्षयरोगको संक्रमण मधुमेह, एचआईभी, मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर जस्ता प्रतिरोध क्षमता कम भएका रोगीलाई छिटो हुन्छ गर्दछ ।

एक जना क्षयरोगीले समयमा औषधी नगर्दा एक वर्षमा अरु १० देखि १५ प्रतिशतलाई रोग सार्ने थापाले बताए । सक्रिय खालको क्षयरोग भएको व्यक्तिमा लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाती दुख्ने, ज्वरो आउने, रातीमा पसीना आउने, थकाई लाग्ने, तौल कम हुँदै जाने जस्ता समस्या केही दिन या केही महिना सम्म देखिन्छ ।

यस्तो बेला तत्काल परिक्षण गराएर औषधी शुरु गरिहाले रोगबाट जोगिन सकिने उनकोे सुझाव छ । क्षयरोग सजिलै उपचार हुने रोग भएकाले रोग लागेको थाहा हुने बित्तिकै नियमीत औषधी सेवन गरे यसबाट जोगिन सकिन्छ ।


औषधी नियमीत खान छोडे कडा खालको संक्रमण हुने र ज्यानै जाने सम्भावना हुने भएकाले औषधीको नियमीततामा स्वास्थ्यकर्मीले जोड दिएका छन् ।


नेपालमा राष्ट्रिय क्षयरोग नियन्त्रण कार्यक्रम मार्फत देशभरी क्षयरोगीका लागि प्रत्यक्ष निगरानीमा गरिने डट्स विधीबाट उपचार गर्ने गरिएको छ । ४ हजार २ सय ५१ उपचार केन्द्रमा डट्स विधीबाट उपचार हुन्छ । त्यस्ता उपचार केन्द्रमा बिरामीलाई निशुल्क औषधी चिकित्सकको प्रत्यक्ष निगरानीमा खुवाउने गरिन्छ ।

क्षयरोगअन्तर्गत फोक्सोको टिवी, ग्लाइन टिवी, पेटको टिवी, हड्डीको टिवी तथा मष्तिष्कको टिवी हुन सक्ने भएपनि जिल्लामा विशेषगरी फोक्सोको टिवीका कारण बिरामी प्रभावित हुने गरेका छन् । एउटा व्यक्तिले आफूलाई रोग लागेको अवधिभरिमा करिब १० जनासम्म बिरामीलाई यो रोग सार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

त्यसैले, समयमै रोगको निदान गर्नका लागि खकार चेक गरेमा यो रोग समयमै पत्ता लाग्न सक्छ । साथै रोगबाट छुटकारा पाउनका लागि यो रोगलाई बढावा दिने चिजलाई कम गर्नुपर्ने देखिन्छ । वातावरणीय प्रदूषणअन्तर्गत दाउरा बाल्दा, धुवाँधुलोमा बस्दा, चुरोट, बिँडी, तमाखु तथा मदिरा सेवनले यो रोगलाई बढावा दिने भएको हुँदा यी कुराबाट टाढै रहनुपर्ने सोही रोगसम्बन्धी जिल्ला स्वास्थ्य कार्यालयमा काम गरिरहेका जनार्दन गिरी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की