पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने ता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने ता"/>
२ माघ २०८२, बिहीबार
पर्बत - PBT

बाख्रापालन तथा मौरीपालन तालिम शुरु

१६ चैत्र २०७३, बुधबार ०५:३६

पर्वत । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउनको लागि महिलाहरुलाई लक्षित गरी बाख्रापालन तथा मौरीपालन सम्बन्धी तालिम शुरु भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा महिलाहरुलाई सो तालिम दिइन लागिएको हो । एक हप्तासम्म चल्ने तालिमबाट महिलाहरुलाई बाख्रा तथा मौरीपालन सम्बन्धी तालिमबाट सीप प्रदान गर्ने आयोजकले जनाएको छ ।

जलजला गाउापालिका साविक लेखफाँटक गाविसका १८ जना लाई मौरीपालन तथा पैयूँ गाउँँपालिका साविक टक्लाक गाविसका २० जना महिलाहरुलाई बाख्रापालन सम्बन्धी तालिम दिइन लागिएको महिला तथा बालबालिका कार्यालय पर्वतले जनाएको छ । 

“नेपालको संविधानले महिलाहरुलाई हरेक क्षेत्रमा अधिकार प्रत्याभूति गरी सोही अनुसार व्यवस्था गरेको छ  तर महिलाहरु आर्थिक रुपमा कमजोर भएकै कारण पनि उनीहरुको नेतृत्व र व्यक्तित्व विकास हुन सकेको छैन । जसका कारण पनि महिलाहरु पछि  परिरहेका छन् । महिलाहरुलाई सीप प्रदान गरी आत्मानिर्भर बनाउँदै नेतृत्व विकासमा टेवा पु¥याउने योजनाका साथ बाख्रा तथा मौरी पालन सम्बन्धी तालिम प्रदान गरेका हौं ।” – महिला विकास निरिक्षक, तारादेवि सुनुवार । 

बाख्रापालन सम्बन्धी तालिमको सहजिकरण जिल्ला पशुसेवा कार्यालयले र मौरी तथा च्याउखेती तालिमको सहजिकरण जिल्ला कृषि विकास कार्यालयल गरेको आयोजकले जनाएको छ । 

तालिममा मौरीपालनको महत्व आवश्यक्ता,सम्भावना मौरीको वर्गिकरण, कार्यविभाजन , च्याउको परिचय महत्व सम्भावना च्याउका जातहरु रोग, रोगकिराको व्यवस्थापन , बाख्रापालन को महत्व, जात बाख्रामा प्रजनन व्यवस्था, विषाणुबाट हुने मुखय रोगहरु जिवाणुबाट हुने रोगहरु, वर्षै भरि हरियो घासको व्यवस्था खोर व्यवस्थापन,पाठापाठी र माउको व्यस्थापन  ,परजीवी नियन्त्रण आदि विषहरुको जानकारी दिईने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ