१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

वन अधिकृत कार्यालयमा नबस्दा काठ तस्करी मौलायो

३ चैत्र २०७२, बुधबार १६:०४

ललित बोहरा । चैत ३, डडेल्धुरा । जिल्ला वन कार्यालय डडेल्धुराका वन अधिकृत एक महिनामा १० दिन पनि कार्यालयमा उपस्थित नहुदा डडेल्धुराका वनमा काठको तस्करी मौलाएको छ । कार्यालय प्रमुख विस्वमणी अचार्य घुमफिरमै व्यस्त रहने गरेका छन । जिल्ला वन अधिकृत आचार्य फागुन महिनामा करिव १० दिन मात्रै कार्यालयमा हाजिर भएका छन् ।

कार्यालय प्रमुख आचार्यको हाजिर हेर्न जिल्ला वन कार्यालय डडेल्धुराले नदिए पनि कार्यालयका स्रोतका अनुसार कार्यालय प्रमुख आचार्य फागुन महिनामा ५ देखी १० दिन मात्रै हाजिर भएका छन् । कार्यालय प्रमुख आचार्य वढी जसो समय धनगढी र काठमाण्डौमै विताउने गरेको पाइएको छ । वन अधिकृत विभिन्न गोष्ठी व्यस्त रहने गरेका छन् । काठ तस्करीका लागि अत्यान्तै सम्वेदनशिल रहेको डडेल्धुरामा कर्मचारीको अभाव संगै कार्यालय प्रमुख आचर्य गोष्ठि मै व्यस्त रहदा काठ तस्करीमा वृदि भएको स्थानियले बताउने गरेका छन । कार्यालय प्रमुखको अनुपस्थितीमा सेवाग्राहिले सास्ती वेहर्नु परेको छ ।

यस्तै डडेल्धुराको चुरे क्षेत्रको भैरव नाथ सामुदायिक वनमा काठ चिरानी गरीएको छ । परशुराम नगरपालीका साँदनी ईलाका वन अन्र्तगत रहेको भैरव नाथ सामुदायिक वनमा काटिएको करिव २ हजार क्यूफिट सालको काठ चिरानी गरीएको हो । सडकको पहुँच नभएकाले भैरव नाथ सामुदायिक वनमा रहेको २ हजार क्यूफिट सालको काठलाई चिरान गरेर निकासी गरिने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । चुरे क्षेत्रमा सडक निर्माण गर्न नपाईने भए पछि झण्डै आठ वर्ष पहिले काटिएको सालको काठलाई निकासी गर्न चिरान गरीएको निमित्त जिल्ला वन अधिकृत लक्ष्मी जोशीले वताएका छन ।

काठ चिरान गर्दा जिल्ला वन कार्यालय डडेल्धुराका प्रतिनिधि रहने गरेकाले कागजमा उल्लेख भएको भन्दा वढी काठ चिरान नहुने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । तर पनि स्थानिय वासीन्दाका अनुसार अनुमती भन्दा वढी सालको काठ चिरान गरीएकोे बताईएको छ । जंगलमै काठ चिरान गर्दा आदेश भन्दा वढी काठ चिरान हुने गरेको स्थानियहरुको भनाई छ । अनुमती भन्दा वढी काठ काटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराका १ सय ८ सामुदायिक वनका पदाधिकारीलाई मुद्धा लगाएको थियो । जस मध्ये १० सामुदायिक वन चुरे क्षेत्रमा रहेका छन् । चुरे क्षेत्रमा रहेका १० वटै सामुदायिक वनमा रहेको हजारौ क्यूफिट सालको काठ चिरान गन अनुमति पाई सकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु