२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

वन अधिकृत कार्यालयमा नबस्दा काठ तस्करी मौलायो

२०७२, ३ चैत्र बुधबार १६:०४

ललित बोहरा । चैत ३, डडेल्धुरा । जिल्ला वन कार्यालय डडेल्धुराका वन अधिकृत एक महिनामा १० दिन पनि कार्यालयमा उपस्थित नहुदा डडेल्धुराका वनमा काठको तस्करी मौलाएको छ । कार्यालय प्रमुख विस्वमणी अचार्य घुमफिरमै व्यस्त रहने गरेका छन । जिल्ला वन अधिकृत आचार्य फागुन महिनामा करिव १० दिन मात्रै कार्यालयमा हाजिर भएका छन् ।

कार्यालय प्रमुख आचार्यको हाजिर हेर्न जिल्ला वन कार्यालय डडेल्धुराले नदिए पनि कार्यालयका स्रोतका अनुसार कार्यालय प्रमुख आचार्य फागुन महिनामा ५ देखी १० दिन मात्रै हाजिर भएका छन् । कार्यालय प्रमुख आचार्य वढी जसो समय धनगढी र काठमाण्डौमै विताउने गरेको पाइएको छ । वन अधिकृत विभिन्न गोष्ठी व्यस्त रहने गरेका छन् । काठ तस्करीका लागि अत्यान्तै सम्वेदनशिल रहेको डडेल्धुरामा कर्मचारीको अभाव संगै कार्यालय प्रमुख आचर्य गोष्ठि मै व्यस्त रहदा काठ तस्करीमा वृदि भएको स्थानियले बताउने गरेका छन । कार्यालय प्रमुखको अनुपस्थितीमा सेवाग्राहिले सास्ती वेहर्नु परेको छ ।

यस्तै डडेल्धुराको चुरे क्षेत्रको भैरव नाथ सामुदायिक वनमा काठ चिरानी गरीएको छ । परशुराम नगरपालीका साँदनी ईलाका वन अन्र्तगत रहेको भैरव नाथ सामुदायिक वनमा काटिएको करिव २ हजार क्यूफिट सालको काठ चिरानी गरीएको हो । सडकको पहुँच नभएकाले भैरव नाथ सामुदायिक वनमा रहेको २ हजार क्यूफिट सालको काठलाई चिरान गरेर निकासी गरिने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । चुरे क्षेत्रमा सडक निर्माण गर्न नपाईने भए पछि झण्डै आठ वर्ष पहिले काटिएको सालको काठलाई निकासी गर्न चिरान गरीएको निमित्त जिल्ला वन अधिकृत लक्ष्मी जोशीले वताएका छन ।

काठ चिरान गर्दा जिल्ला वन कार्यालय डडेल्धुराका प्रतिनिधि रहने गरेकाले कागजमा उल्लेख भएको भन्दा वढी काठ चिरान नहुने जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । तर पनि स्थानिय वासीन्दाका अनुसार अनुमती भन्दा वढी सालको काठ चिरान गरीएकोे बताईएको छ । जंगलमै काठ चिरान गर्दा आदेश भन्दा वढी काठ चिरान हुने गरेको स्थानियहरुको भनाई छ । अनुमती भन्दा वढी काठ काटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराका १ सय ८ सामुदायिक वनका पदाधिकारीलाई मुद्धा लगाएको थियो । जस मध्ये १० सामुदायिक वन चुरे क्षेत्रमा रहेका छन् । चुरे क्षेत्रमा रहेका १० वटै सामुदायिक वनमा रहेको हजारौ क्यूफिट सालको काठ चिरान गन अनुमति पाई सकेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु