काठमाडौँ | कक्षा १२ को परीक्षा स्थगित भएको हल्ला फैलिएपछि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा स्थगित नभएको स्पष्ट पारेको छ । बोर्डले शुक्रबार एक विज्ञप्ति जारी गर्दै १२ कक्षाको परीक्षा यही वैशाख ११ गतेदेखि सञ्चालन हुने स्पष्ट पारेको हो ।
विद्यार्थी र अभिभावकहरूलाई भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित भएको भन्दै गरिएका प्रचारमा सत्यता नभएको पनि बोर्डले जानकारी दिएको छ। परीक्षासम्बन्धी आधिकारिक सूचना वेबसाइटमार्फत् दिने गरिएको भन्दै बोर्डले विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न आग्रह गरेको छ ।