२२ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको समुदायक विधालयमा विद्यार्थी कोचाकोच गरेर कच्ची झुपडीमा पढन् बाध्य

९ कार्तिक २०७२, सोमबार ०४:३३

विमल धामी/कात्तिक ९, कञ्चनपुर । गाँउ गाँउमा निजी विद्यालय खुले संगै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या ह्वत्तै घटेपनि कञ्चनपुरको एक सामुदायिक विद्यालयमा बर्षनी विद्यार्थीहरुको संख्या बड्दै गएको छ ।

कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी नगरपालिका १ झर्नासागरमा रहेको सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थीहरुको संख्या बड्दै गएपछि भवनको चरम अभाव देखिएको हो । भवन अभावका कारण विद्यार्थीहरुको पठन पाठन समेत प्रभावित भईरहेको छ । विद्यार्थी नभएको विद्यालयमा अनेकन प्रलोभनमा परेर भवन दिदा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको यस्तो समस्या देखा परेको हो ।

school jhupadi

भवन अभाव हुँदा २१औँ शताब्दीमा पनि यस्तो हावाले उडाउने पानी चुहिने झुपडीमा विद्यार्थीहरु पढ्न बाध्य ।

विद्यार्थीको अनुपातमा भौतिक संरचना नभएका कारण दैनिक पठन पाठनमा समस्या भएको सो विद्यालयले जनाएको छ । चालु शैक्षिक सत्र २०७१ मा विद्यार्थीहरुको संख्यामा उल्लेख बृद्धि भएपछि विद्यालयले एक खरको झुपडी बनाएर पठन पाठन गरेको प्राध्यानाध्यापक विष्णू सिह भण्डारीले बताउनुभयो । ‘विद्यार्थीहरु बढि भएपछि एक कोठे झुपडी बनाएर पठन पाठन शुरु ग¥यौँ, तर पनि कोचाकोच गरेर पढाउन बाध्य भएका छौँ ।’, उनले भने । ‘एउटै कक्षामा सय भन्दा बढि विद्यार्थीहरु राखेर पढाउनुपर्ने बाध्यता छ ।’ हाल विद्यालयसंग टिणका दुई दुई कोठाका दरले चार भवन मात्रै छन् ।

विद्यार्थीहरुको चापको आधारमा भवन नहुँदा पठन पाठनमा समस्या भएको प्रअ भण्डारीको भनाई छ । उहाँका अनुसार हाल विद्यालयमा ७५० विद्यार्थीहरु अध्ययनरत रहेका छन् । भौतिक संचरनाको अभावका कारण विद्यार्थीहरुको पठन पाठनमा समस्या भईरहेको प्रअ भण्डारीले बताए । ‘एस.एस.सीमा राम्रो रिजल्ट ल्याउ भन्छन्, भवन छैन् चुहिने झुपडीमा पढाउनु परेको छ ।’, उनले भने ।‘सोचे अनुसारको रिजल्ट ल्याउन सकिदैन् ।’ विद्यालयमा भवन अभाव भएको भन्दै विद्यालय व्यवस्थापन समितिले जिल्ला शिक्षा कार्यालय संग भवन माग गरेको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्ययक्ष दीर्घ बहादुर शाहले भवनको माग गरिएको बताउनुभयो । ‘हामीले शिक्षा संग भवन माग गरेका छौँ, अब दिन्छ, कि दिदैन् ।’, उनले भने । ‘भवन नहुँदा आएका विद्यार्थी पनि बाहिर जाने सम्भावना छ ।’ सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि सरकारी निकायले विद्यालयको अवस्था समेत अध्ययन गर्नुपर्ने अध्यक्ष शाहको भनाई छ ।  ५०विद्यार्थी राखेर पठन  पठान गराउने कक्षा कोठामा दोब्बर विद्यार्थी राखेर पढाउनु परेको बाध्यता रहेको अध्यक्ष शाहले बताए । हालको अवस्था हेरेर तत्तकाल ६कोठे भवन आवश्यक रहेको उहाँको अनुमान छ ।

सो क्षेत्रका अभिभावकहरुले सम्बन्धीत निकायको वेवास्ताका कारण विद्यालयमा यस्तो समस्या देखा परेको गुनासो गरेका छन् ।  २१ औँ शताब्दीमा पनि झुपडीमा पढन बाध्य भएका विद्यार्थीहरुको समस्या देख्दा देख्दै सम्बन्धीत निकाय भने, तमासा हेरिरहेको छ । यस्तो चरम समस्या देख्दा देख्दै समाधानको बाटो रोज्नुको साटो काननमा तेल हालेर बसेको छ । विगतमा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले भवन वितरणमा पहुँच र चाकरीका आधारमा प्रलोभनमा परि भवन दिदा आज यस्तो समस्या देखा परेको स्थानियहरुको गुनासो छ । सो क्षेत्रका स्थानिय तथा अभिभावकहरुले विद्यालयको अवस्था हेरेर भवन दिन समेत शिक्षा कार्यालय लगायत सम्बन्धीत निकायसंग माग गरेका छन् ।

अभिभावक गोपाल सिह कुँवरले ग्रामिण बस्तीको सामुदायिक विद्यालयमा विद्यार्थीहरुको चाप बढेपनि सरकारी पक्षबाट समाधानका लागि कुनै पहल नभएको बताए । ‘विद्यालयमा भवन छैन्, विद्यार्थीहरुको शिकाई पनि राम्रो हुने कुरै भएन् ।’, उनले भने ‘विना भवन पठन पाठन गर्नु परिणमाण बालुवामा पानि हाल्नु हो ।’ सामुदायिक विद्यालयको गुणस्तर सुधार्नका लागि भौतिक संरचना समेत राम्रोहुनुपर्ने उहाँको धारणा छ । ‘कति सामुदायिक विद्यालयका भवन विद्यार्थी नहुँदा बाँझा छन् ।’, उनले भने ‘हाम्रो विद्यालयमा विद्यार्थी छन्, भवन छैन् ।’ यस बारेमा जिल्ला शिक्षा कार्यालय कञ्चनपुरले आवश्यक भवनको माग गर्न सबै विद्यालयहरुमा अनुरोध पत्र पठाएको छ ।

कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्याम सिह धामीले आवश्यकताका आधारका नयाँ भवनका लागि निवेदन दिन सबै स्रोतकेन्द्रका विद्यालयहरुलाई आब्हान गरेको जानकारी दिनुभयो । ‘शिक्षा कार्यालयले भवन मागका लागि यही कार्तिक १० गते भित्र निवेदन दिन आब्हान गरेको छ ।’, उनले भने ‘आवश्यकताका आधारमा विद्यालयहरुलाई भवन वितरण गछौँ ।’ विद्यालयहरुले आ–आफ्नो स्रोतकेन्द्र मार्फत निर्णय गराएर शिक्षा कार्यालयमा निवेदन दिए छलफल गरेर भवन वितरण गरिने शिक्षा अधिकारी धामीले बताए ।

कुन विद्यालयमा भवन निर्माण, कुनमा मर्मत सो बारे सम्पूर्ण विवरण निवेदनमा पेश गर्न समेत शिक्षा अधिकारी धामीले बताए ।‘ विद्यालयको भौतिक संरचना आवश्यकताका आधारमा भवन वितरण हुन्छन् ।’, शिक्षा अधिकारी धामीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जय ट्रफी : अंक तालिकामा तीन टोलीको समान अंक, आर्मी चौथो स्थानमा भुटानी शरणार्थी प्रकरणः थापाको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश शपथग्रहण समारोहबाटै पक्राउ परेका वडाध्यक्ष जेल चलान सार्वजनिक यातायातको भाडा बढ्यो, कहाँ को कति? सेयर बजारमा हरियाली, ६ अर्ब बढिको कारोबार जय ट्रफीमा मधेशका युवा ब्याटर मयानले खेले शतकीय पारी भद्रपुर उडेको बुद्धको जहाज : आगो देखिएसँगै बायाँ इन्जिन फेल भएको थियो ‘बाहुबली २’ लाई उछिन्दै ‘पुष्पा २’ बन्यो भारतभर धेरै कमाउने फिल्म भारतमा एचएमपीभीको थप दुई संक्रमित भेटिए आर्मीले पुलिसलाई दियो १७२ रनको लक्ष्य, सोमपालको उत्कृष्ट ब्याटिङ साउदीमा परिवारको निधन भए श्रमिकले ५ दिन तलबी बिदा पाउने वैदेशिक रोजगारका नाममा ठगी गरेको आरोपमा तीन पक्राउ मायन यादवले पनि प्रहार गरे अर्धशतक जय ट्रफी : सोमपाल कामीले बनाए पहिलो अर्धशतक रवि लामिछानेतर्फको थुनछेक बहस सुरु, क-कसले गर्दै छन् बहस? सिंहदरबार गेटबाट फणिन्द्र नेपाल पक्राउ सेनिटरी प्याडमा लुकाएर अवैध रूपमा सुन ल्याइएको सुन लुट्ने तीन जना पक्राउ विश्वको ५औं प्रदूषित सहरमा काठमाडौँ उपत्यका, पहिलो कुन ? भद्रपुर उडेको बुद्ध एयरमा प्राविधिक समस्या देखिएपछि काठमाडौँमा अवतरण हमास ३४ बन्धक छाड्न तयार हुँदा नेपालका विपीनको के होला अवस्था ?