२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

दैनिक तीन किमी टाढाबाट पानी बोकेर गुजारा

२०७४, २६ बैशाख मंगलवार ०३:२८

सुशीला रेग्मी/बैशाख २६, पाल्पा । पूर्वी पाल्पाका स्थानीयवासीलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ । 

निस्दी गाउँपालिका–५ को गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारीका स्थानीयवासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झन्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन् । 

रामपुर–आर्यभञ्ज्याङ सडकखण्डको बेलडाँडा, सिलुवालगायतका क्षेत्रमा धारामा पानी भर्नेको बिहानैदेखि लाइन देखिन्छ । यस सडकमा बिहान ४ बजेदेखि नै ग्यालेन, बाल्टी, गाग्री बोकेर पानी खोज्नेको ठूलो जमात देखिन्छ । भूकम्पपछि गाउँमा रहेका सानासाना पानीका मुहान सुक्दै गएपछि खानेपानीको हाहाकार मच्चिएको स्थानीयवासी बताउँछन् । 

भूकम्पअघि गाउँकै धारामा खानेपानी उपभोग गर्दै आएका गल्धा, बेलडाँडा, केवरापानी, नाम्सुर्घा र ढल्लाबारी गाउँका करिब ५२ घरपरिवारलाई रातदिन खानेपानीको समस्याले सताएको छ । यस क्षेत्रका स्थानीयवासीले एकमात्र विकल्पको रुपमा रामपुर नगरपालिका–४ को गिजिनडाँडामा रहेको एउटा पानीको पँधेराबाट खानेपानी आपूर्ति गर्दै आइरहेका छन् । यहाँबाट बस्तीमा पानी बोकेर घर पु¥याउन निकै कठिन भएपछि हिजोआज केहीले गाडीमा पानी बोकेर लैजान थालेका छन् । 

खानेपानीको कहालीलाग्दो समस्या देखेपछि रामपुर आर्यभन्ज्याङ सडकखण्ड अन्तर्गत भएर चल्ने बस, ट्र्याक्टरले यस वर्षदेखि भने पानी ओसारेबापतको भाडा लिने गरेका छैनन् । पश्चिम नेपाल बस व्यवसायी सङ्घ बेलडाँडाका कर्मचारी देवबहादुर फालले गत साल हिउँदमा प्रतिग्यालेन रु पाँचको दरले पैसा लिने गरेकोमा यस वर्षदेखि शुल्क लिन छाडिएको बताउनुभयो । गाडीले पानी बोकेको ज्याला लिन छाडेपछि यहाँका स्थानीयलाई ठूलो राहत मिलेको छ । 

साविक गल्धा–८ केवरापानीका ८७ वर्षीय रामेश्वर सोमै सकिनसकी बस्तीदेखि तीन किलोमिटर टाढाबाट पानी बोकेर जीवन चलाउन निकै समस्या भएको बताउनुहुन्छ । “गाउँनजिकै कतै पनि पानी छैन, बिहान उठेपछि पानी ओसार्दै ठिक्क छ” उहाँले भन्नुभयो । 

केवरापानी बस्ने राममायाँ सोमैले भूकम्पअघि पानी सानो भए पनि गाउँमै धारामा आउने गरेको तर भूकम्पपछि धारामा पानी आउनै छाडेको बताउनुभयो । गाउँदेखि दैनिक एक घन्टाको बाटो पानी बोकेर गुजारा चलाउन गाह्रंो भएको सोमै बताउनुहुन्छ । 

बीस घरधुरी रहेको गल्धा नाम्सुर्घामा पनि गाउँको पँधेरामा पानी आउन छाडेपछि सिलुवाको लोस्दीबाट पानी बोक्दै आएका छन् । टाढाबाट पानी ल्याउन समस्या भएपछि जेनतेनले दैनिक एक दुई गाग्रीको भरमा गुजारा चलाउन बाध्य भएको खेमानसिं सारु बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “पानीको थोपालाई तेलभन्दा बढी महत्वका रुपले लिन थालिएको छ । दैनिक ज्यालादारी गरेर जीवन गुजारा गर्ने मजदुर गरिब वर्गका परिवारलाई पानी खोज्ने कि काम गरेर खर्च जुटाउने भन्ने समस्याले पिरोलेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी