सल्यानमा घर भत्किँदा आमा छोराको मृत्यु

Posted on: 15 Jun, 2017


खकेन्द्र केसी/असार १, सल्यान । सल्यानमा निमार्ण गर्दै गरेको घर भत्किएर दुई जनाको ज्यान गएको छ । 

छत्रेश्वरी गाउँपालीका बडा नम्बर २ डिग्रेका स्थानीय रविन्द्र घर्तिको आज विहान घर भत्किएर उनकी बुहारी २४ बर्षीया सुसिला घर्ति र १८ महिने नातिको मृत्यु भएको स्थानीय बासिन्दा बिजय कुमार घर्तिले जानकारी दिएका छन् ।

खरले छाएको दुई तले घरलाई जस्ताको पाताले निर्मान गरिरहेको कोठा माथिको दल्यान भाँचिएर कोठामा खान पकाउदै गरेका आमा छोराको मृत्यु भएको हो । त्यस्तै कोठामा बसिरहेका रविन्द्रका १८ बर्षिया छोरा खगेन्द्र घर्ति सामान्य घाइते भएको प्रहरीले बाताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!