६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसइइपछि के पढ्न कति जीपीए चाहिन्छ ?

४ असार २०७४, आईतवार ०३:०१

असार ४, काठमाडौं | रूकुमका एक विद्यार्थी ‘साइन्स’ पढ्न शान्तिनगरको फ्लोरिडा कलेजमा शनिबार फाराम भर्न पुगे। उनले २.८ जीपीए ल्याएका रहेछन् ।

अनिवार्य नेपालीमा भने ग्रेड डी मात्रै। ‘उनी पढेको स्कुलले साइन्स पढ्न योग्य ठानेर पठाएको रहेछ,’ फ्लोरिडा कलेजका प्रिन्सिपल शिशिर उप्रेतीले भने, कुन समूह अध्ययन गर्न कति जीपीए र विषयगत ग्रेड कति हुनुपर्ने भन्नेबारे शिक्षा मन्त्रालयले आधार सार्वजनिक नगर्दा विद्यार्थी मात्रै होइन, हामी पनि अन्यौलमा छौं ।’ 

जीपीएका आधारमा विज्ञान पढ्न २.० जीपीए ल्याए हुन्छ, तर विषयगत आधारमा नेपाली डि प्लस ल्याउनै पर्छ । उनको नेपालीमा डी प्लस नहुँदा विज्ञान पढ्न योग्य भएनन् ।

यदि ग्रेड बृद्धि परीक्षामा उनले नेपालीमा डी प्लस ल्याए भने मात्रै विज्ञान पढ्न पाउने छन् ।

कोटेश्वरको हिमालय कलेजका प्रिन्सिपल रामहरी शिलवालले विद्यार्थी भर्नाका लागि आए पनि कुन विषयमा कति ग्रेड र जीपीए आएकालाई भर्ना लिने अन्योल रहेको बताए ।

–विज्ञान समूह अध्ययन गर्न २.० जीपीए साथै गणित र विज्ञानमा सी प्लस, नेपाली, अंग्रेजी र सामाजिकमा डी प्लस चाहिने ।

–व्यवस्थापन समूह अध्ययन गर्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, गणित र सामाजिकमा डी प्लस आएको हुनुपर्ने ।

–मानविकी, शिक्षा समूह पढ्न १.६ जीपीएका साथै नेपाली, अंग्रेजी, सामाजिकमा डी प्लस आवश्यक

–प्रविधिको स्वास्थ्यका लागि २.० जीपीएका साथै अंग्रेजी, गणित र विज्ञानमा सी प्लस ।

–इन्जिनियरिङ पढ्न गणित र विज्ञानमा सी प्लस ल्याउनु पर्ने ।

–कृषि पढ्न अंग्रेजी, गणित, विज्ञानमध्ये एउटामा डी प्लस ल्याए पुग्ने ।

- कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या