९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशका नौवटा मुख्य राजमार्ग अझै पूर्णरुपमा बन्द अवस्थामा

२० आश्विन २०८१, आईतवार ११:४०

काठमाडौँ | बाढीपहिरोपछि अवरुद्ध भएका देशका नौवटा मुख्य राजमार्ग अझै पूर्णरुपमा बन्द अवस्थामा छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार सडकको अवरोध हटाएपछि ६ वटा मुख्य सडकखण्डमा भने एकतर्फी रुपमा सवारी साधन सञ्चालनमा आएका छन्।

प्रहरीका अनुसार ललितपुरको लेले टिकाभैरव जाने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ। त्यसैगरी तेह्रथुमको लालिगुराँसमा पहिरो खसेर अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग पनि एकतर्फी रुपमा खुलेको प्रहरीले जनाएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने धादिङको बेनिघाट रोराङ गाउँपालिका ७ कृष्णभिरमा पनि एकतर्फी रुपमा सवारी साधन सञ्चालन भइरहेका छन्। उता अरनिको राजमार्ग अन्तर्गत पर्ने काभ्रेको पाँचखाल नगरपालिका ५ स्थित हनुमानगढी केराबारी सडकखण्डमा पनि एकर्फी रुपमा गाडी गुडिरहेका प्रहरीले जनाएको छ।

नवलपरासी पश्चिममा पर्ने बर्दघाट नगरपालिका ४ दाउन्नेमा सडक भासिँदा अवरुद्ध बनेको पूर्व पश्चिम राजमार्गमा पनि मर्मतपछि एकतर्फी रुपमा सञ्चालनमा आएको छ।

अझै अवरुद्ध छन् यी ९ राजमार्ग
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ पहिरो खस्दा अवरुद्ध बनेको भिमफेदी कुलेखानी फाखेल काठमाडौँ सडक अहिलेसम्म पूर्णरुपमा अवरुद्ध अवस्थामा छ।

त्यसैगरी इन्द्रसरोवर २ मै पर्ने सिस्नेरी दक्षिणकाली, मकवानपुरको भिमफेदी गाउँपालिका ८ मा पर्ने कान्तिलोकपथ, बीपी राजमार्गमा पर्ने काभ्रेको रोसी गाउँपालिका ८ चारसयवेँसी, रोसी गाउँपालिका ११ कालढुंगा, रोसी गाउँपालिका १२ प्याकुरेलमा पनि अझै सडक पूर्णरुपमा अवरुद्ध छ।
त्यसैगरी सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ को बाह्रबीसे तातोपानी सडकखण्ड, रामेछापको मन्थली नगरपालिका ६ मा पर्ने रामेछाप खुर्कोट सिन्धुली सडक र सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ अक्करे भिरमा पर्ने मध्यपहाडी राजमार्ग पनि अहिलेसम्म अवरुद्ध छ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली