२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अब विदेशमा मृत्यु भएका श्रमिक परिवारलाई १० लाख क्षतिपूर्ति

२२ आश्विन २०८१, मंगलवार १२:३१

काठमाडौँ | वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख पुर्‍याइएको हो।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वैदेशिक रोजगार नियमावली २०६४ मा छैटौँ संशोधन गरेर ७ लाखको क्षतिपूर्ति रकम १० लाख पुर्‍याउने निर्णय गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ। ७ लाख क्षतिपूर्ति रकमलाई १० लाख रुपैयाँ पुर्‍याइएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनका अनुसार नियमावली राजपत्रमा प्रकाशित भएपछि क्षतिपूर्ति कार्यान्वयनमा आउनेछ। ‘दसैँपछि मृतक कामदारको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्’, उनले भने।

२०७४ सालसम्म वैदेशिक रोजगारका क्रममा मृत्यु हुने आश्रित परिवारले ३ लाखको क्षतिपूर्ति रकम पाउने गरेकोमा ४ लाख बढाएर ७ लाख रुपैयाँ पुर्‍याइएको थियो।

हाल मृतक कामदारका परिवारले बिमा कम्पनीबाट पोलिसीको सर्तअनुसार १४ लाख रुपैयाँसम्म पाउने गरेका छन्। नियमावली परिवर्तनपछि बिमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले २४ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने बोर्डले जनाएको छ।

श्रमिकले कल्याणकारी कोषका लागि २ हजार ५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने प्रावधान छ। तीन वर्षभन्दा थोरै समयका लागि रोजगारीमा जानेले १५ सय र ३ वर्षदेखि १० वर्षसम्मको समयका लागि जानेले कल्याणकारी कोषमा २५ सय बुझाउनुपर्नेछ। यसरी जम्मा भएको रकमबाट बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारलाई क्षतिपूति विवरण गर्दै आएको छ।

हाल साप्ताहिक औसतमा २० जना मृतकका आश्रित परिवारले क्षतिपूर्ति बुझ्ने गरेको बोर्डको तथ्यांकमा छ। क्षतिपूर्ति रकम बढे पनि श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारमा जाने कामदारले थप रकम कोषमा बुझाउनुपर्नेछ।

बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग भएका व्यक्तिका आश्रित परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धित हकवालाको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ। त्यसैगरी घाइते वा अंगभंग कामदारको उपचार खर्च पनि बोर्डले व्यहोर्ने नियमावलीमा व्यवस्था छ।वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मृतक परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्। यसअघि सरकारले विदेशमा ज्यान गुमाएका मृतक कामदारका परिवारलाई ७ लाख रुपैयाँ दिँदै आएको थियो। यो रकम बढाएर १० लाख पुर्‍याइएको हो।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले वैदेशिक रोजगार नियमावली २०६४ मा छैटौँ संशोधन गरेर ७ लाखको क्षतिपूर्ति रकम १० लाख पुर्‍याउने निर्णय गरेको वैदेशिक रोजगार बोर्डको सचिवालयले जनाएको छ। ७ लाख क्षतिपूर्ति रकमलाई १० लाख रुपैयाँ पुर्‍याइएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनका अनुसार नियमावली राजपत्रमा प्रकाशित भएपछि क्षतिपूर्ति कार्यान्वयनमा आउनेछ। ‘दसैँपछि मृतक कामदारको परिवारले १० लाख रुपैयाँ क्षतिपूर्ति पाउँछन्’, उनले भने।

२०७४ सालसम्म वैदेशिक रोजगारका क्रममा मृत्यु हुने आश्रित परिवारले ३ लाखको क्षतिपूर्ति रकम पाउने गरेकोमा ४ लाख बढाएर ७ लाख रुपैयाँ पुर्‍याइएको थियो।

हाल मृतक कामदारका परिवारले बिमा कम्पनीबाट पोलिसीको सर्तअनुसार १४ लाख रुपैयाँसम्म पाउने गरेका छन्। नियमावली परिवर्तनपछि बिमा र अन्य क्षतिपूर्तिसहित मृतकका परिवारले २४ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति पाउने बोर्डले जनाएको छ।

श्रमिकले कल्याणकारी कोषका लागि २ हजार ५ सय रुपैयाँसम्म जम्मा गर्नुपर्ने प्रावधान छ। तीन वर्षभन्दा थोरै समयका लागि रोजगारीमा जानेले १५ सय र ३ वर्षदेखि १० वर्षसम्मको समयका लागि जानेले कल्याणकारी कोषमा २५ सय बुझाउनुपर्नेछ। यसरी जम्मा भएको रकमबाट बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारलाई क्षतिपूति विवरण गर्दै आएको छ।

हाल साप्ताहिक औसतमा २० जना मृतकका आश्रित परिवारले क्षतिपूर्ति बुझ्ने गरेको बोर्डको तथ्यांकमा छ। क्षतिपूर्ति रकम बढे पनि श्रम स्वीकृतिका लागि वैदेशिक रोजगारमा जाने कामदारले थप रकम कोषमा बुझाउनुपर्नेछ।
बोर्डले वैदेशिक रोजगारमा मृत्यु तथा अंगभंग भएका व्यक्तिका आश्रित परिवारलाई राहतका लागि स्थानीय तहबाटै निवेदन दिने र सम्बन्धित हकवालाको बैंक खातामा रकम जम्मा गरिदिने व्यवस्था मिलाएको छ। त्यसैगरी घाइते वा अंगभंग कामदारको उपचार खर्च पनि बोर्डले व्यहोर्ने नियमावलीमा व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा समावेश गर्न पहल एनपिएलः चितवन टस जितेर बलिङ गर्दै ‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’ घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की रूसबाट युक्रेनी बालबालिका फिर्ता गर्न राष्ट्रसङ्घको माग मलामी गएका युवक महाकालीमा बेपत्ता