काठमाडौं | यस वर्ष दशैँमा राजधानी छाड्नेको सङ्ख्या गत वर्षको भन्दा आधाले घटेको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ५ लाख ६६ हजार २ सय ८१ जनाले दशैँका लागि काठमाडौँ छाडेका छन् ।
पछिल्लो २४ घण्टामा १ लाख भन्दा बढीले राजधानी छाडेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएका छन् । गत वर्ष यही अवधिमा १० लाखभन्दा बढीले राजधानी छाडेका थिए ।
काठमाडौं जोड्ने अधिकांश राजमार्ग अविरल वर्षाका कारण क्षतविक्षत भएपछि यस वर्ष दशैँमा राजधानी छोड्नेको सङ्ख्या आधाले घटेको हो ।