९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली र अमेरिकी समलिंगी पुरुषबीच पहिलो पटक भयो विवाह दर्ता

२२ आश्विन २०८१, मंगलवार १६:३४

काठमाडौं । नेपाली समलिंगी पुरुष र अमेरिकीबीच विवाह दर्ता भएको छ । नेपाली समलिंगी पुरुषले नेपालमा अमेरिकी समलिंगी पुरुषसँग विवाह दर्ता गरेको संभवत यो पहिलो घटना हो ।

सुनसरीको धरान उपमहानगरपालिका वडा नं ११ को कार्यालयले प्रजित बुढाथोकी र न्युयोर्क, संयुक्त राज्य अमेरिकाका जोसेफ फोस्टर एलिसलाई समलिंगी विवाह दर्ता प्रमाणपत्र दिएको छ ।

विवाह प्रमाणपत्रमा दुवै जना पति उल्लेख गरिएको छ। जोसेफ र प्रजितलाई एसियाकै पहिलो समलिंगी सभासद् सुनिलबाबु पन्तले बधाई दिएका छन्।

मायाको पहिचान नेपालको पहलमा स्थानीय निकायमा समलिंगी÷तेस्रोलिंगी जोडीहरूको विवाह दर्ता हुने क्रम भइरहेको मायाको पहिचान नेपालका कार्यकारी निर्देशक समेत रहेका पन्तले जानकारी दिए।

स्थानीय निकायमा विवाह दर्ता गर्न मद्दत पन्तले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सेयर गर्दै जोसेफ र प्रजितको चाडै विवाह उत्सव हुन गइरहेको उल्लेख गरेका छन्।

१२ वैशाख २०८१ मा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीको विवाह दर्ता गर्न ७५३ वटै स्थानीय तहलाई परिपत्र जारी गरेको थियो। मायाको पहिचान नेपालको पहलमा परिपत्र जारी भएसँगै स्थानीय तहहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीहरूको विवाह दर्ता प्रमाणपत्र जारी गर्न थालेका हुन्।

माया गुरुङ्ग र सुरेन्द्र पाण्डे दक्षिण एसियामै पहिलो समलिङ्गी तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गर्न सफल भएका थिए। १३ मङ्सिर २०८० मा माया र सुरेन्द्रले लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा विवाह दर्ता गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली