२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले?

२०८१, ११ कार्तिक आईतवार १२:४४

काठमाडौँ | बलिउड अभिनेत्री अलिया भट्टले आफ्नो इन्स्टाग्राम स्टोरी मार्फत ‘बोटोक्स गलत भएको’ भनी चलिरहेको अफवाहलाई ‘बकवास र थकाउ’ भन्दै अस्वीकार गरेकी छिन्। उनको अनुहार र मुस्कानको आलोचना गर्दै एक भिडियोमा यी दाबीहरू गरिएको थियो, जसलाई उनले “हानिकारक” भन्दै खण्डन गरेकी हुन् ।
केही समय अघि आमा बनेकी अभिनेत्री आलियाको मुहारमा केही चाउरीपना देखिएको थियो । जसका कारण उनको सो चाउरीपना हटाउनको लागि कस्मेटिक सर्जरी अन्तर्गत मुहारमा बोटोक्सको प्रयोग गरिएको थियो । सो बोटोक्सका कारण आलियाको मुख केही बाँगो भएको अन्य सर्जनहरुले टिप्पणी गरेका छन्।


अनुहार सम्बन्धी सौन्दर्य विशेषज्ञ डा. साई गणपति, जसले एउटा भिडियो मार्फत अलियाको अनुहारको हावभावमा समस्या रहेको उल्लेख गरेका थिए, अहिले उक्त भिडियो हटाएका छन्। डा. गणपतिले आफ्नो विचारलाई ‘व्यक्तिगत मूल्याङ्कन’ भन्दै, “म चिकित्सकीय दृष्टिले मात्र कुरा गर्न चाहन्छु, कुनै पनि व्यक्तिलाई लक्षित गर्ने उद्देश्य छैन,” भनी आफ्नो भनाइलाई स्पष्ट गरेका छन्।

हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा डा. गणपतिले यस प्रक्रियामा स-साना जटिलताहरू हुनसक्ने बताएका थिए। “यस किसिमका समस्याहरू सौन्दर्य प्रक्रियामा सामान्य हुन् र यसलाई सरल रूपमा सुधार्न सकिन्छ,” उनले भनेका थिए। । उनले उक्त समस्या बोटोक्स नजिकको रिसोरियस मांसपेशीतर्फ सर्नुका कारण हुनसक्ने बताएका थिए, जसले अनुहारको हलचलमा अस्थायी परिवर्तन ल्याउन सक्ने बताएका थिए।

तर, आलियाले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत आफूमाथिको यस्ता टिप्पणी गलत भएको बताउँदै महिलाको शरीरबारे टिप्पणी नगर्न अनुरोध गरेकी छिन्। उनले लेखेकी छिन्, “कसैलाई कस्मेटिक करेक्सन वा शल्यक्रिया गर्न मन लागेमा म कुनै जजमेन्ट गर्दिन तर मेरो ‘क्रुक्ड स्माइल’ र बोल्ने ‘अजीब तरिका’ का कारणले मेरो बोटोक्स गलत भएको भन्ने दाबी हास्यास्पद छ।” उनले यस्ता अवैज्ञानिक दाबीहरूले युवामनमा नकारात्मक प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिन्।

महिलालाई सामाजिक सञ्जालमा प्रायः अनुहार, शरीर र व्यक्तिगत जीवनका कारणले आलोचना गर्ने गरिएकोमा उनले ध्यानाकर्षण गराएकी छिन्। “महिलाको अनुहार, शरीर, व्यक्तिगत जीवन र यहाँसम्म कि गर्भवती अवस्थामा पनि आलोचना गरिन्छ,” उनले लेखिन्। यसले मानिसलाई कहिल्यै पनि पर्याप्त नभएको महसुस गराउँछ,” आलियाले थपिन्।

आलियाले दुःख व्यक्त गर्दै लेखिन्, “सबैभन्दा दुःखद त के छ भने धेरैजसो टिप्पणी महिलाहरूबाटै आएका छन्।” सामाजिक मञ्चले नक्कली कथाहरूलाई थप ‘मनोरञ्जन’को रुपमा लिएको भन्दै आलियाले आक्रोश व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह