११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

एक्स्पायर अवतरण अनुमति लिएर आएको थाई एयर एसियालाई अन्ततः अवतरण गर्न दिइयो

११ कार्तिक २०८१, आईतवार १५:२६

काठमाडौं । थाई एयर एसियाको एक विमानलाई मानवीय आधारमा काठमाडौंमा अवतरण गर्न अनुमति दिइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार, उक्त जहाज अवतरण अनुमति सकिएको (एक्स्पायर) भएको जहाज लिएर आए आएको थियो, तर यात्रुहरूलाई सुरक्षित रूपमा अवतरण गराउने उद्देश्यले यो निर्णय गरिएको हो।

थाई एयर एसियाको जहाज थाइल्यान्डको बैंककबाट काठमाडौं आएको हो ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार थाई एयर एसियाले ल्याएको जहाजको अवतरण अनुमति शनिबारसम्मको मात्र थियो । आजदेखि ‘विन्टर सेड्युल’ लागु भएको छ । सोहीकारण यो जहाज काठमाडौंमा अवतरण गर्न पाउँदैन । ‘अब जहाज डाइभर्ट हुनुपर्छ, नेपालमा बस्ने अनुमति छैन, तर मानवीय आधारमा ल्यान्ड गर्न दिइयो”, उनले भने ।

उक्त थाई एयर एसियाको एफडी१८२ उडानले काठमाडौंको आकाशमा लगभग आधा घण्टा फन्को मारेपछि २:३८ बजे सफलतापूर्वक अवतरण गरेको हो। विमानले अनुमति नहुँदा पनि लामो समयसम्म आकाशमा घुम्न परेको थियो, तर अन्ततः विमानस्थलको प्रशासनले मानवीय आधारमा विमानलाई अवतरण गर्न अनुमति दिएको हो।

यो घटनाले विमानस्थलको सुरक्षा र प्रशासनिक प्रक्रियाबारे चासो जगाएको छ। यस घटनाले यत्रीहरूको सुरक्षामा ध्यान दिन आवश्यक रहेको पनि देखाउँछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु