काठमाडौँ । तिहार २०८१ को उपलक्ष्यमा सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द हुने भएको छ ।
सर्वोच्चको प्रशासन शाखाले आज जारी गरेको सूचना अनुसार अदालत बन्द भएपनि न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त
अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेकका दिनहरूमा बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ हुने उल्लेख छ ।
त्यसका लागि सुनुवाइ बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सूचनामा उल्लेख छ ।