११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च

१२ कार्तिक २०८१, सोमबार १७:१९

काठमाडौं | काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएपछि एयरपोर्टमा सुरक्षा सतर्कता बढाइएको छ ।

सोमबार अपरान्ह दिल्ली उड्न लागेको उक्त जहाजमा बम रहेको सूचना आएपछि अहिले नेपाली सेना र नेपाल प्रहरीले संयुक्त सर्च थालेका छन् । उक्त जहाज सवा ३ मा त्रिभुवन विमानस्थल अवतरण भएको थियो ।

पौने ४ बजेको उडान रहेको उक्त जहाजमा केही यात्रु चढेपछि उडान रोकेर चेकजाँच भइरहेको विमानस्थलका प्रवक्ता रेन्जी शेर्पाले बताए ।

उनले भने, ‘एयर इन्डियाका कर्मचारीले नै जहाजमा बम भएको सूचना आएको जानकारी दिएपछि उडान रोकेर चेक भइरहेको छ । एयर इन्डियाले १५९ जना यात्रु लिएर दिल्ली जान लागेको थियो ।’

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौं अवतरण गरेको भिस्तारा एयरलाइन्सको विमानमा बम राखिएको सूचना आएको थियो । २-३ घण्टाको सर्चपछि बम राखिएको सूचना फेक भएको पुष्टि भएको थियो ।

पछिल्लो समय भारतीय एयरलाइन्सका जहाजमा बमको फेक सूचनाले उडानहरू प्रभावित भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु