९ पुष २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद

१६ कार्तिक २०८१, शुक्रबार १५:२५

काठमाडौं | काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ ।

अनुगमनका क्रममा कोटेश्वरबाट ना४ख ३१६८ नंको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले बताए । कामपाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।

कामपाले दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरुमा किसानहरुलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ ।

कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो । किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजदेखि पोखरामा अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल सुरु हुँदै संघीय संसद अन्तरगत आज तीन समितिको बैठक बस्दै जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित यस्ता छ, आज विदेशी मुद्राको विनिमय दर ! कास्की जिल्ला अदालतमा आज पनि रवि लगायतसँग बयान जारी आजको मौसम: देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना दिपेन्द्र सिंह ऐरीले कार आफ्नो नाममा नामसारी गर्न १५ लाख ५० हजार कर तिर्नुपर्ने रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई अल्लु अर्जुनको घरमा आक्रमण गर्ने तेलंगानाका मुख्यमन्त्री रेड्डीको सहयोगी भएको दाबी माओवादीले माग्यो लेखा समिति सभापतिको राजीनामा थाइल्याण्ड, म्यानमार, लाओस लगायत देशमा जाने नेपालीका लागि ३ बुँदे ट्राभल एडभाइजरी जारी टाउकोमा सिलौटाले हानेर २२ वर्षिया श्रीमतीको हत्या ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा उपस्थित हुनु राम्रो हुन्छ : योगेश भट्टराई नेप्सेमा २८.९१ अंकको वृद्धि भ्वाइस अफ नेपाल-६ काे काेचबाट बाहिरिए प्रमोद, भित्रिए खेम र मेलिना, प्रोमो सार्वजनिक (भिडियो) बालकोटमा बाबु–छोरा मृत फेला: केही दिनअघि मात्रै काठमाडौं आएका थिए बाबु, कोठा भाडामा लिएर अध्ययन गर्दै थिए दुई छोरा सहकारी ठगीको आरोपमा चन्द्रागिरि–१२ का वडाध्यक्ष महर्जन पक्राउ दोषी ठहरिए रवि आजीवन रास्वपा सदस्य समेत हुन नपाउने पाँच देशका नवनियुक्त राजदूतहरूले लिए सपथ ग्रहण सभामुखलाई भेटेर रास्वपा सांसदले भने: ‘रवि लामिछानेलाई सांसदबाट निलम्बन गर्न मिल्दैन’