२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फेसबुकमा दीपकराज गिरी र निश्चल बस्नेत जुवारि

२०८१, २२ कार्तिक बिहीबार १२:४२

काठमाडौं । नेपाली चलचित्र उद्योगका दुई ‘पावरसेन्टर’ दीपकराज गिरी र निश्चल बस्नेत फेसबुकमा आमनेसामने भएका छन् । उनीहरुबीच विवादको विषय हो- नेपाली चलचित्रलाई प्रदर्शकहरूले पर्याप्त शो नदिनु ।

नेपालका हल सञ्चालकहरूले विगतदेखि नै विदेशी चलचित्रप्रति मोह देखाएर स्वदेशी चलचित्रलाई हेपाहा व्यवहार गर्दै आएका छन् । उनीहरूको यस्तो प्रवृत्तिका कारण प्रत्येक पटक ठूला बजेटका भारतीय फिल्म रिलिज हुँदा नेपाली चलचित्र मारमा पर्ने गरेको पाइन्छ । थुप्रै चलचित्रकर्मीले यस विषयमा आवाज पनि उठाउने गरेका छन् । जसमध्ये अग्रपंतिमा पर्छन् निश्चल ।

उनले आफ्नो अघिल्लो फिल्म ‘दिमाग खराब’ ले पर्याप्त शो नपाएको भन्दै हलबाटै उतार्ने निर्णय लिएका थिए । यस पटक ‘बेहुली फ्रम मेघौली’ मा पनि यस्तै भयो । राम्रो व्यापार गर्दा गर्दै थोरै शोमा खुम्चिएपछि उनले हलबाट उतारेर ओटीटीतर्फ लगाएका छन् ।

अहिले घरेलु दर्शकमा नेपाली चलचित्रप्रति अभूतपूर्व क्रेज छ । तिहारअघि रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ ले दर्शकको भेल मात्र उरालेको छैन, सामाजिक सञ्जालमा समेत सर्वाधिक चर्चाको विषय बनिरहेको छ ।

स्मरणीय छ कि यो चलचित्रलाई पनि रिलिज हुँदा प्रदर्शकहरूले थोरै शो दिएका थिए । दर्शकको उच्च माग भएपछि हलहरू शो थप्न बाध्य भए । यही विषयमा दीपकराज र निश्चल बस्नेतले फेसबुकमा एक अर्कालाई कटाक्ष हानेका हुन् ।

दीपकराजले कसैलाई पनि ईंगित नगरीकन एउटा स्टाटस लेखेका थिए, जसले निश्चललाई क्रुद्ध तुल्यायो ।

उनले लेखेका थिए, ‘प्राय हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौँ । तर हेरौँ त… नगण्य शोबाट सुरु भएको सारंगीले आफूलाई कहाँ पुर्‍यायो ? योभन्दा पहिले १२ गाउँ त्यस्तै । समस्या कहाँ रहेछ त ?’

निश्चलले यो स्टाटस दीपकले आफूलाई नै टार्गेट गरेर लेखेको ठाने । उनी जवाफ नफर्काई बस्न सकेनन् । दीपकराजको नाम नलिईकन उनले कडा कटाक्ष हानेका छन् ।

उनको स्टाटस यस्तो:

कोही चलचित्रकर्मी जो आजकाल हल पनि चलाउँछन्। ले मौका पाएर ठूलो गफ छाडिहालेछन्, नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बडेको बडै छ त भन्दै । हो हजुर हो । विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नी त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? सधैँ नेपाली फिल्मले चैँ प्रमाणित गरिरहनु पर्ने हो ? निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो ? प्रस्ट छ । विदेशी फिल्मको शो घटाएर नेपाली फिल्मलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ । नेपाली फिल्मले दर्शक खोजेको हो , हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो !! कमसेकम चलचित्र बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिएन ।।। बोल्नभयो, ठिक गर्नुभयो । चिनियो ।

निश्चलको यो स्टटासमा दीपकराजको जवाफ आएको छैन । आज उनले एक स्टाटस लेख्दै मौनता नै सबैभन्दा ठूलो जवाफ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार