२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

फेसबुकमा दीपकराज गिरी र निश्चल बस्नेत जुवारि

२२ कार्तिक २०८१, बिहीबार १२:४२

काठमाडौं । नेपाली चलचित्र उद्योगका दुई ‘पावरसेन्टर’ दीपकराज गिरी र निश्चल बस्नेत फेसबुकमा आमनेसामने भएका छन् । उनीहरुबीच विवादको विषय हो- नेपाली चलचित्रलाई प्रदर्शकहरूले पर्याप्त शो नदिनु ।

नेपालका हल सञ्चालकहरूले विगतदेखि नै विदेशी चलचित्रप्रति मोह देखाएर स्वदेशी चलचित्रलाई हेपाहा व्यवहार गर्दै आएका छन् । उनीहरूको यस्तो प्रवृत्तिका कारण प्रत्येक पटक ठूला बजेटका भारतीय फिल्म रिलिज हुँदा नेपाली चलचित्र मारमा पर्ने गरेको पाइन्छ । थुप्रै चलचित्रकर्मीले यस विषयमा आवाज पनि उठाउने गरेका छन् । जसमध्ये अग्रपंतिमा पर्छन् निश्चल ।

उनले आफ्नो अघिल्लो फिल्म ‘दिमाग खराब’ ले पर्याप्त शो नपाएको भन्दै हलबाटै उतार्ने निर्णय लिएका थिए । यस पटक ‘बेहुली फ्रम मेघौली’ मा पनि यस्तै भयो । राम्रो व्यापार गर्दा गर्दै थोरै शोमा खुम्चिएपछि उनले हलबाट उतारेर ओटीटीतर्फ लगाएका छन् ।

अहिले घरेलु दर्शकमा नेपाली चलचित्रप्रति अभूतपूर्व क्रेज छ । तिहारअघि रिलिज भएको ‘पूर्णबहादुरको सारंगी’ ले दर्शकको भेल मात्र उरालेको छैन, सामाजिक सञ्जालमा समेत सर्वाधिक चर्चाको विषय बनिरहेको छ ।

स्मरणीय छ कि यो चलचित्रलाई पनि रिलिज हुँदा प्रदर्शकहरूले थोरै शो दिएका थिए । दर्शकको उच्च माग भएपछि हलहरू शो थप्न बाध्य भए । यही विषयमा दीपकराज र निश्चल बस्नेतले फेसबुकमा एक अर्कालाई कटाक्ष हानेका हुन् ।

दीपकराजले कसैलाई पनि ईंगित नगरीकन एउटा स्टाटस लेखेका थिए, जसले निश्चललाई क्रुद्ध तुल्यायो ।

उनले लेखेका थिए, ‘प्राय हलहरूले शो दिएन भनेर हामी उफ्रिन्छौँ । तर हेरौँ त… नगण्य शोबाट सुरु भएको सारंगीले आफूलाई कहाँ पुर्‍यायो ? योभन्दा पहिले १२ गाउँ त्यस्तै । समस्या कहाँ रहेछ त ?’

निश्चलले यो स्टाटस दीपकले आफूलाई नै टार्गेट गरेर लेखेको ठाने । उनी जवाफ नफर्काई बस्न सकेनन् । दीपकराजको नाम नलिईकन उनले कडा कटाक्ष हानेका छन् ।

उनको स्टाटस यस्तो:

कोही चलचित्रकर्मी जो आजकाल हल पनि चलाउँछन्। ले मौका पाएर ठूलो गफ छाडिहालेछन्, नेपाली चलचित्रले राम्रो गर्दै गएपछि शो बडेको बडै छ त भन्दै । हो हजुर हो । विदेशी फिल्म राम्रो हुन्छ भनेर जुन दिमागले पहिल्यै सोच्छ र छरपस्ट शो दिन्छ नी त्यही दिमागले नेपाली फिल्म पनि राम्रो हुन्छ सुरुमै राम्रो शो दिनुपर्छ भनेर किन सोच्न सक्दैन ? सधैँ नेपाली फिल्मले चैँ प्रमाणित गरिरहनु पर्ने हो ? निर्माताले शो थपिदिनुन भनेर गुहार्नु पर्ने नै हो ? प्रस्ट छ । विदेशी फिल्मको शो घटाएर नेपाली फिल्मलाई दिएका छौँ भनेर भ्रम नछर्दा हुन्छ । नेपाली फिल्मले दर्शक खोजेको हो , हलसम्म आफ्नो बलबुताले ल्याएको हो । यो फिल्मले राम्रो दाम ल्याउँछ भनेर प्रमाणित गरेपछि मात्र शो थपिएको हो । विदेशी फिल्म पनि हात्ती आयो हात्ती आयो फुस्सा भएपछि शो घटाइएको हो !! कमसेकम चलचित्र बनाइरहेको व्यक्तिले यतिसम्म बोल्लान् सोचेको थिएन ।।। बोल्नभयो, ठिक गर्नुभयो । चिनियो ।

निश्चलको यो स्टटासमा दीपकराजको जवाफ आएको छैन । आज उनले एक स्टाटस लेख्दै मौनता नै सबैभन्दा ठूलो जवाफ भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिवार्य : सञ्चारमन्त्री खरेल नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी : सरकारी अध्ययन युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी जनसङ्ठनहरुलाई निर्वाचन केन्द्रित हुन एमाले महासचिवको निर्देशन अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा ‘बालेन र रविको सहयात्रा अदृश्य शक्तिले जोडेको होइन’ आदिवासी जनजातिका लागि निःशुल्क लोकसेवा कक्षा सञ्चालन देशको अर्थतन्त्र नसुध्रिएसम्म शिक्षामन्त्री पुन विदेश भ्रमणमा जान अनिच्छुक नेपालमा पहिलो मत्स्य अभयारण्य क्षेत्र घोषणा सुनको मूल्य बढ्यो, चाँदीको घट्यो वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री बाँकेमा पहिलो पटक आमाको नामबाट वंशजको नागरिकता जारी ग्रिनल्यान्डबारे रुबियो–डेनमार्क वार्ता तय घिसिङसँगको सहमति औपचारिक प्रक्रियामाः सभापति लामिछाने