२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हात भाँचिएर अस्पतालमा ल्याइएकी बालिकाको मृत्यु, ३ चिकित्सक प्रहरी नियन्त्रणमा

२२ कार्तिक २०८१, बिहीबार १४:४६

काठमाडौँ | डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा ९ वर्षीया बालिका रजनी भुलको मृत्यु भएको छ। दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी रजनी बायाँ हात भाँचिएपछि उपचारका लागि अस्पतालमा ल्याइएकी थिइन्। बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्न सुइमार्फत एनेस्थेसिया दिइएको थियो, तर बालिका होसमा नआएपछि उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, डोटीका प्रमुख एसपी विनोद शर्माका अनुसार, बेहोस बनाउने क्रममा दिइएको औषधिको असरले मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ। घटनापछि मृतकका आफन्त र स्थानीय बासिन्दाले अस्पतालमा लापरबाहीको आरोप लगाउँदै तोडफोड गरेका छन्। थप क्षति रोक्न र घटनाको छानबिन गर्न प्रहरीले शल्यक्रियामा संलग्न चिकित्सकहरूलाई नियन्त्रणमा लिएको छ।

प्रहरीले चिकित्सक डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी, र डा. अभिषेक यादवलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ। एसपी शर्माका अनुसार, नियन्त्रणमा रहेका चिकित्सकहरूको मेडिकल चेकजाँच गर्दा अल्कोहल सेवनको कुनै संकेत देखिएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

मृतकका आफन्तले चिकित्सकहरूको लापरबाहीले बालिकाको मृत्यु भएको दाबी गर्दै अस्पतालबाट शव उठाउन अस्वीकार गरेका छन्। मृतकका बाबा रोजगारको सिलसिलामा भारतमा रहेका छन्। सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. खगेन्द्र बमले घटनाको औपचारिक जानकारी आउन बाँकी रहेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट