१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सलमानपछि शाहरुखलाई पनि ज्यान मार्ने धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता

२२ कार्तिक २०८१, बिहीबार १५:४९

मुम्बई | पछिल्लो समय बलिउडका सुपरस्टारलाई लगातार ज्यान मार्ने धम्की आउने क्रम जारी छ। अभिनेता सलमान खानले ग्याङस्टर लरेन्स बिस्नोइ र अन्य अज्ञात समूहबाट बारम्बार धम्की पाउँदै आएका छन् भने, हालै अभिनेता शाहरुख खानलाई पनि यस्तै धम्की प्राप्त भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, रायपुरका फैजान खान नामका एक व्यक्तिले शाहरुखलाई ज्यान मार्ने धम्की दिएको खुलासा भएको छ। धम्कीको सम्बन्धमा महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको छ, जसमा धारा ३०८(४), ३५१ (३) र (४) अन्तर्गत आपराधिक मुद्दा दायर गरिएको छ। प्रहरीको टोली रायपुरमा अनुसन्धानका लागि पठाइएको छ।

शाहरुखमाथि यसअघि पनि यस्तै किसिमको धम्की आएको थियो। गत अक्टोबरमा उनका सुपरहिट फिल्महरू पठान र जवान को सफलतापछि उनलाई धम्की आएको थियो। त्यसपछि शाहरुखलाई वाई प्लस सुरक्षा उपलब्ध गराइएको थियो। यसप्रकारका घटनाले बलिउडका शीर्ष स्टारहरूलाई थप सुरक्षा चुनौतिमा पारेको छ।

सञ्जय गुप्ताले गत वर्ष सामाजिक सञ्जालमा शाहरुखको साहसको प्रशंसा गर्दै भनेका थिए कि शाहरुख ९० को दशकमा अन्डरवर्ल्डको धम्कीलाई बेवास्ता गर्दै, उनीहरूको सामु नझुकेको एक मात्र अभिनेता थिए। उनले आफ्नो दृढता कायम राख्दै भनेका थिए, “म पठान हुँ।”

बलिउडमा बारम्बार देखा पर्ने यस्ता धम्कीका कारण, प्रहरी सुरक्षा व्यवस्थामा थप कडाई गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का