१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फेसबुक प्रेम: पेटमा गर्भ रहेको थाहा पाएपछि ब्लक गरेर प्रेमी भागेपछि..

२२ कार्तिक २०८१, बिहीबार १६:३३

मकवानपुर | मकवानपुरको थाहा नगरपालिका-४, शिखरकोटस्थित एक सार्वजनिक शौचालय नजिक झाडीमा नवजात शिशु भेटियो । बुधबार साँझ बच्चाको रोदन सुनेर स्थानीयहरूले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय पालुङको टोली घटनास्थल पुगेर शिशुलाई उद्धार गर्‍यो।

प्रहरीका अनुसार झापाको अर्जुनधारा नगरपालिका-६ घर भई हाल काठमाडौँमा बसोबास गर्ने मेनुकाले आफ्नो १० दिनको शिशु झाडीमा फालेको स्वीकार गरेकी छिन्। सानै उमेरमा विवाह गरेकी उनको श्रीमान्‌को ४ वर्षअघि गाडी दुर्घटनामा मृत्यु भएको थियो। दुई सन्तानकी आमा मेनुकाले तेस्रो सन्तानका रूपमा उक्त शिशु जन्माएकी थिइन्।

मेनुकाले प्रहरीलाई दिएको बयानअनुसार उनको केही वर्षअघि फेसबुकमार्फत पुरुषसँग माया बस्यो। तिनै पुरषसँगको शारीरिक सम्पर्कबाट मेनुकाको पेटमा गर्भ रहन पुग्यो। तर यो थाहा पाउनासाथ फेसबुकमा मेनुकालाई ब्लक गर्दै ती पुरुष बेपत्ता भएका थिए।

१० दिन पहिले थापाथली अस्पतालमा शिशु जन्मिएपछि मेनुका आफूले आफैँको दिदीको घरमा गएको बताउँछिन्। पहिलाको श्रीमान् नभएको मान्छेले बच्चा जन्मायो भनेर घरबाट हेला गरेपछि दिदीको घर आएर बसेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घरमा स्वीकृति नपाएको र मानसिक दबाबका कारण उनले शिशुलाई झाडीमा फालेको स्वीकार गरेकी छिन्।

अहिले शिशुलाई मेनुकाको जिम्मा लगाइएको र शिशुको अवस्था पनि सामान्य रहेको प्रहरीले बताएको छ। मेनुकाले दिएको बयानको आधारमा प्रहरीले ती पुरुषको खोजी समेत सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु