२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै धरहरा अनिश्चितकालका लागि बन्द

२ मंसिर २०८१, आईतवार १३:०७

काठमाडौँ | सञ्चालनमा आएको तीन महिना पनि नपुग्दै काठमाडौंको धरहरा अनिश्चितकालका लागि बन्द भएको छ। सहरी विकास भवन निर्माण विभागका उपमहानिर्देशक प्रकीर्ण तुलाधरका अनुसार धरहरा लिफ्ट बिग्रिएको कारणले बन्द गरिएको हो।

‘लिफ्ट बिग्रिएकोले केहि दिनअघिदेखि धरहरा बन्द गरिएको छ। मर्मत भएपछि पुन: सञ्चालनमा ल्याइनेछ,’ तुलाधरले बताएका छन्।

२०७२ सालको विनाशकारी भूकम्पले धरहरा ढलेपछि २०७५ मा पुनर्निर्माण थालिएको थियो। निर्माण पूरा नभएसमेत, संविधान दिवसको अवसरमा गत असोज ३ गते धरहरा परीक्षणका लागि खोलिएको थियो।

तत्काल परीक्षणका लागि धरहरा निःशुल्क चढ्न दिने व्यवस्था गरिएको थियो। दैनिक ६०० जनाले अनलाइनमार्फत टिकट बुक गरी धरहरा चढ्न पाउने व्यवस्था गरिएको थियो। पछि, चढ्न पाउनेको संख्या बढाएर एक हजार ५० पुर्‍याइएको थियो।

धरहरा खुला भएदेखि हालसम्म २५,७४२ जनाले अवलोकन गरेको तथ्याङ्क सार्वजनिक भएको छ। तर, बुधवार र सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा मात्र धरहरा खुला गरिएको थियो।

२०७२ को भूकम्पले ध्वस्त बनेको धरहरा पुनर्निर्माण गर्न ६ वर्ष लाग्यो। तर, निर्माण अझै पनि पूर्ण रूपमा सम्पन्न नभएको अवस्थामा धरहरा मर्मतको समस्याले फेरि बन्द भएको हो।

धरहरा पुन: सञ्चालनमा ल्याउने मिति तय नभए पनि मर्मतकार्य छिट्टै सम्पन्न गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य