१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ह्रस्व दीर्घ’को प्रवर्द्धन गर्न नेपाल आए प्रदीप

३ मंसिर २०८१, सोमबार १२:५०

काठमाडौँ | भारतीय अभिनेता प्रदीप सिंह रावत फिल्म ‘ह्रस्व दीर्घ’ को प्रवर्द्धनका लागि पत्नी कल्याणी रावतसहित नेपाल आएका छन्। अभिनेत्री नीता ढुंगानाको पिताको भूमिकामा अभिनय गरेका रावत आइतबार काठमाडौं पुगेका हुन्। फिल्मको छायांकनका लागि यसअघि पनि नेपाल आइसकेका रावतले दर्शकसँग साक्षात्कार गर्न नेपाली भूमिमा पाइला टेकेका हुन्।

निर्देशक चन्द्र पन्तका अनुसार, रावतले आज काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्नेछन्। फिल्ममा उनको दमदार अभिनयले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको निर्माण टिमले जनाएको छ।

‘ह्रस्व दीर्घ’ ले प्रदर्शनको सुरुवाती दुई दिनमै दुई करोड रुपैयाँ कमाएको निर्माण टिमको दाबी छ। देशभरका हलहरूमा उत्साहजनक व्यापार गरिरहेको यो फिल्म अधिकांश स्थानमा हाउसफुल भइरहेको छ।

नीता फिल्मस्को ब्यानरमा निर्मित यो फिल्मकी निर्मात्री निता ढुंगानाले नै लगानी गरेकी हुन्।
फिल्ममा हरिहर अधिकारी, निता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, रवीन्द्र झा, बुद्धि तामाङ, किरण केसीलगायत कलाकारको अभिनय छ।

फिल्मको कथा अभिनेता हरिहर अधिकारीले लेखेका हुन् भने पटकथा र संवाद प्रतीक पौडेल र निर्देशक चन्द्र पन्तले तयार पारेका हुन्। बलिउडका चर्चित सिनेमाटोग्राफर कवीर लालले सिनेमाटोग्राफी गरेका छन्।

नेपालका साथै तेलुगु र हिन्दी भाषामा पनि डब गरिएको यो फिल्मले अन्तर्राष्ट्रिय दर्शकमाझ पनि चर्चा पाउने अपेक्षा गरिएको छ।

‘ह्रस्व दीर्घ’ ले दर्शकहरूबाट पाएको सकारात्मक प्रतिक्रियाले निर्माण टिम उत्साहित बनेको छ। यो फिल्मले नेपाली चलचित्र उद्योगमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार