८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्डरवर्ल्ड एजेन्ट भन्दै असुली गर्न खोजेको आरोपमा चिकित्सक पक्राउ

५ मंसिर २०८१, बुधबार १७:४२

काठमाडौं । आफूलाई अन्डरवर्ल्ड नेटवर्कको एजेन्ट बताउँदै धम्की दिएर रकम असुल्ने एक चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ। भोजपुर स्थायी घर भइ ललितपुरमा बस्दै आएका एमबीबीएस डाक्टर आशिष दाहाललाई उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले पक्राउ गरेको हो।

एसएसपी सानुराम भट्टराईका अनुसार, दाहालले ह्वाट्सएपमार्फत विभिन्न व्यक्तिहरूलाई फोन गरी आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको दाबी गर्ने गरेका थिए। उनले धम्की दिँदै भनेअनुसार रकम नदिए बिहार लगायतका स्थानबाट कन्ट्याक्ट किलर भाडामा लिएर हत्या गर्ने धम्की दिने गरेको खुलेको छ।

५० हजारदेखि २ लाखसम्म माग
दाहालले धम्कीमार्फत ५० हजारदेखि २ लाख रुपैयाँसम्म माग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ। सूचना प्राप्त भएपछि प्रहरी टोलीले शंखमुलबाट उनलाई नियन्त्रणमा लिएको हो।

दाहाललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको छ। यो घटना सार्वजनिक भएपछि समाजमा शैक्षिक र पेशागत व्यक्तिहरूको आपराधिक गतिविधिबारे पनि बहस सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता