२०८२, २८ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि…

२०८१, १० मंसिर सोमबार १४:४२

काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलटहरूले सेवा सुविधाको माग उठाउँदै सुनियोजित रूपमा बिदा बसेपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको छ।

उनीहरू ‘बिरामी परेको’ वा ‘अपर्झट भैपरी काम आइपरेको’ जनाउँदै ‘ड्युटी’ नआएपछि शनिबारदेखि निगमका आधा दर्जनभन्दा बढी उडान ढिलाइ हुनुका साथै रद्द गर्नुपरेको छ।
निगमको वाणिज्य विभागका अनुसार आइतबार राति ९:३० मा तय गरिएको काठमाडौं–दुबई उडान पाइलट उपलब्ध नभएका कारण रद्द भएको थियो। जसले १६७ यात्रुहरु अलपत्र परे।

यी यात्रुहरूलाई निगमले गौशालाका होटलहरूमा राख्नुपरेको थियो। आइतबारको काठमाडौं-दुबई उडान सोमबार बिहान मात्रै हुन सकेको निगमले जनाएको छ। यसैगरी, मुम्बई, दुबईलगायतका गन्तव्यका करिब ९६३ यात्रु प्रभावित भएको निगमले जनाएको छ।

निगमसँग दुई न्यारोबडी र दुई वाइडबडी जहाज सञ्चालन गर्न ४३ जना पाइलट छन्। तीमध्ये ८ पाइलट एकैपटक बिहीबारदेखि सुनियोजित रूपमा बिदा बसेको निगमको अपरेसन विभागले जनाएको छ।

निगमले यस हड्तालले ठूलो आर्थिक नोक्सानी पुर्याएको र निगमको साखमा गम्भीर नकारात्मक असर परेको बताएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो हड्ताललाई पेसागत मर्यादा विपरीतको कदम ठहर गर्दै पाइलटहरूलाई तुरुन्त काममा फर्कन आग्रह समेत गरेको छ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले पाइलटका माग अर्थ मन्त्रालयसम्म पुगेको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी सेवासुविधा उपलब्ध गराउने विषयमा सरकारको ध्यान रहेको बताए। तर, हड्तालका कारण निगमको साख गिरेको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्।

निगमले पाइलटहरूलाई पठाइएको पत्रमा सेवा अवरुद्ध गर्नुको असरबारे सचेत गराउँदै जिम्मेवार बन्न आग्रह गरेको छ। यसैबीच, कर्मचारी र यात्रुहरूले पनि निगम र पाइलटबीच तत्काल वार्ता गरी समस्या समाधान गर्न माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट