८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निगमका पाइलटहरू सल्लाह गरेरै ‘ड्युटी’ नआएपछि…

१० मंसिर २०८१, सोमबार १४:४२

काठमाडौँ | नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का पाइलटहरूले सेवा सुविधाको माग उठाउँदै सुनियोजित रूपमा बिदा बसेपछि अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको छ।

उनीहरू ‘बिरामी परेको’ वा ‘अपर्झट भैपरी काम आइपरेको’ जनाउँदै ‘ड्युटी’ नआएपछि शनिबारदेखि निगमका आधा दर्जनभन्दा बढी उडान ढिलाइ हुनुका साथै रद्द गर्नुपरेको छ।
निगमको वाणिज्य विभागका अनुसार आइतबार राति ९:३० मा तय गरिएको काठमाडौं–दुबई उडान पाइलट उपलब्ध नभएका कारण रद्द भएको थियो। जसले १६७ यात्रुहरु अलपत्र परे।

यी यात्रुहरूलाई निगमले गौशालाका होटलहरूमा राख्नुपरेको थियो। आइतबारको काठमाडौं-दुबई उडान सोमबार बिहान मात्रै हुन सकेको निगमले जनाएको छ। यसैगरी, मुम्बई, दुबईलगायतका गन्तव्यका करिब ९६३ यात्रु प्रभावित भएको निगमले जनाएको छ।

निगमसँग दुई न्यारोबडी र दुई वाइडबडी जहाज सञ्चालन गर्न ४३ जना पाइलट छन्। तीमध्ये ८ पाइलट एकैपटक बिहीबारदेखि सुनियोजित रूपमा बिदा बसेको निगमको अपरेसन विभागले जनाएको छ।

निगमले यस हड्तालले ठूलो आर्थिक नोक्सानी पुर्याएको र निगमको साखमा गम्भीर नकारात्मक असर परेको बताएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यो हड्ताललाई पेसागत मर्यादा विपरीतको कदम ठहर गर्दै पाइलटहरूलाई तुरुन्त काममा फर्कन आग्रह समेत गरेको छ।

मन्त्रालयका प्रवक्ता रामकृष्ण लामिछानेले पाइलटका माग अर्थ मन्त्रालयसम्म पुगेको र अन्तर्राष्ट्रिय प्रतिस्पर्धी सेवासुविधा उपलब्ध गराउने विषयमा सरकारको ध्यान रहेको बताए। तर, हड्तालका कारण निगमको साख गिरेको भन्दै कानुनी कारबाहीको चेतावनी दिएका छन्।

निगमले पाइलटहरूलाई पठाइएको पत्रमा सेवा अवरुद्ध गर्नुको असरबारे सचेत गराउँदै जिम्मेवार बन्न आग्रह गरेको छ। यसैबीच, कर्मचारी र यात्रुहरूले पनि निगम र पाइलटबीच तत्काल वार्ता गरी समस्या समाधान गर्न माग गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता