८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जेलभित्र पनि पुरानै पेसामा फर्किए ‘भाइरल झाँक्री’ प्रकाश भुजेल

२४ मंसिर २०८१, सोमबार १७:३८

काठमाडौँ | काठमाडौंको शंखरापुर–१, इन्द्रायणीमा कार दुर्घटना गरेर गर्भवती महिलासहित उनका पतिको ज्यान लिने प्रकाश भुजेल (भाइरल झाँक्री) जेलभित्र पनि झारफुक गर्न थालेका छन्।

अदालतको आदेशपछि केन्द्रीय कारागार सुन्धारामा पुर्पक्षको लागि थुनामा पठाइएका ‘भाइरल झाँक्री’ भुजेलले जेलभित्रै पूजापाठ र झारफुक सुरु गरेका हुन् ।

उनको परिवारले आइतबार भुजेलका लागि कपडा, धुपबत्ती र पूजाका सामग्री कारागारमा पुर्‍याएपछि उनले फेरि पुरानै झारफुकको काम थालेका हुन्।

‘उहाँले बौद्ध प्रहरी हिरासतमा ठाउँ नपाएर पूजापाठ रोकिएको थियो । जेलमा फेरि पूजापाठ धर्मकर्म सुरु गर्नुभएको छ । चिसोले बिरामी परेका कैदीबन्दीलाई ‘निको पार्ने’ प्रयास गर्छु पनि भन्नुभएको छ’, भुजेललाई भेट्न गएका परिवारका एक  सदस्यले भने ।

गत कात्तिक २८ मा बा १९ प २६९५ नम्बरको कार चलाउँदै भुजेलले तीव्र गतिमा सवारी चलाएर बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएका थिए । दुर्घटनामा कागेश्वरी मनोहरा–२ का ३८ वर्षीय नारायण नगरकोटी र उनकी गर्भवती पत्नी ३२ वर्षीय सानुमाया नगरकोटीको मृत्यु भएको थियो ।

जिल्ला अदालत काठमाडौंले भुजेललाई लापरवाहीपूर्वक सवारी चलाएर दुई जनाको ज्यान लिएको भन्दै पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता