१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ

२५ मंसिर २०८१, मंगलवार १६:१९

काठमाडौँ | दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका-७ का ५७ वर्षीय चन्द्रबहादुर आले मगर, मोरङको बेलबारी नगरपालिका-१ का ५१ वर्षीय पुष्प विक भन्ने पुष्प सुनार, सिन्धुपाल्चोको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र सिन्धुपाल्चोको जुगल गाउँपालिका-६ का ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् ।

चन्द्रबहादुर आले र पुष्प सुनारले एक महिलालाई भदौ ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुर्‍याए। त्यहाँबाट कुवेतको महिला एजेन्टको फ्ल्याटमा पठाएर बेचबिखन गरेको खुलेको छ। कुवेतमा ती महिलालाई जाहरा सहरमा घरेलु कामका लागि पठाइएको थियो, जहाँ चरम श्रम र यौन शोषण गरिएको पाइएको छ।

स्वास्थ्य समस्या आएपछि नेपाल फर्कन चाहिँदा घर मालिकले “तीन लाख रुपैयाँमा किनेको रकम फिर्ता नगरेसम्म जान नदिने” बताए। पछि ब्यूरोको पहलमा ती महिला नेपाल फर्किएर  र आले र सुनारविरुद्ध उजुरी गरेकी थिईन्।

यस्तै, तामाङद्वयले एक महिलालाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुनेगरी कुवेतमा घरेलु काममा लगाइदिने भनी प्रलोभन देखाएर बेचबिखन गरेको प्रहरीले जनाएको छ ।

ती महिलालाई गत साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै दुबई पुर्‍याई दुबईबाट भोलिपल्ट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याएर कुवेती घर मालिकलाई ९०० केडीमा बेचबिखन गरेको खुल्न आएको एसपी रिमालले बताए ।

कुवेती घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको अवस्थामा पीडित महिला त्यहाँबाट फुत्केर भागेपश्चात् कुवेतको प्रहरीले नियन्त्रणमा लिई ट्राभल डकुमेन्ट बनाएर गत असोज ९ गते नेपाल पर्किएकी थिइन् । त्यसपछि पीडित महिलाले मंसिर ४ गते तामाङद्वयविरुद्ध ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो