२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा चार जना पक्राउ

२०८१, २५ मंसिर मंगलवार १६:१९

काठमाडौँ | दुई महिलालाई यूएई हुँदै कुवेतमा बेचबिखन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका-७ का ५७ वर्षीय चन्द्रबहादुर आले मगर, मोरङको बेलबारी नगरपालिका-१ का ५१ वर्षीय पुष्प विक भन्ने पुष्प सुनार, सिन्धुपाल्चोको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र सिन्धुपाल्चोको जुगल गाउँपालिका-६ का ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् ।

चन्द्रबहादुर आले र पुष्प सुनारले एक महिलालाई भदौ ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दुबई पुर्‍याए। त्यहाँबाट कुवेतको महिला एजेन्टको फ्ल्याटमा पठाएर बेचबिखन गरेको खुलेको छ। कुवेतमा ती महिलालाई जाहरा सहरमा घरेलु कामका लागि पठाइएको थियो, जहाँ चरम श्रम र यौन शोषण गरिएको पाइएको छ।

स्वास्थ्य समस्या आएपछि नेपाल फर्कन चाहिँदा घर मालिकले “तीन लाख रुपैयाँमा किनेको रकम फिर्ता नगरेसम्म जान नदिने” बताए। पछि ब्यूरोको पहलमा ती महिला नेपाल फर्किएर  र आले र सुनारविरुद्ध उजुरी गरेकी थिईन्।

यस्तै, तामाङद्वयले एक महिलालाई फ्रि भिसा फ्रि टिकटमा मासिक १२० केडी कमाई हुनेगरी कुवेतमा घरेलु काममा लगाइदिने भनी प्रलोभन देखाएर बेचबिखन गरेको प्रहरीले जनाएको छ ।

ती महिलालाई गत साउन ४ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै दुबई पुर्‍याई दुबईबाट भोलिपल्ट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्‍याएर कुवेती घर मालिकलाई ९०० केडीमा बेचबिखन गरेको खुल्न आएको एसपी रिमालले बताए ।

कुवेती घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको अवस्थामा पीडित महिला त्यहाँबाट फुत्केर भागेपश्चात् कुवेतको प्रहरीले नियन्त्रणमा लिई ट्राभल डकुमेन्ट बनाएर गत असोज ९ गते नेपाल पर्किएकी थिइन् । त्यसपछि पीडित महिलाले मंसिर ४ गते तामाङद्वयविरुद्ध ब्यूरोमा जाहेरी दिएकी थिइन् ।

पक्राउ परेका चारै जनालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन